Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, साउन २८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पाँच महिनापछि काठमाडौं फर्किए देउवा, स्वागतमा विमानस्थल पुगे कांग्रेस नेता–कार्यकर्ता

- शुभ बिहानी / बिहिबार, साउन २८, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, करिब पाँच महिनापछि स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको आगमनसँगै कांग्रेसभित्र राजनीतिक गतिविधि थप चलायमान हुने देखिएको छ।

देउवा बिहीवार दिउँसो साढे १२ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। उनको स्वागतका लागि कांग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुक विमानस्थल पुगेका थिए।

विमानस्थलमा देउवालाई कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइराला लगायतका नेताले स्वागत गरेका थिए।

विमानस्थलबाट बाहिरिने क्रममा देउवाले गाडीको सनरूफबाट हात हल्लाउँदै उपस्थित कार्यकर्ता तथा शुभेच्छुकलाई अभिवादन गरेका थिए।

उनको स्वागतमा विमानस्थल परिसरमा कांग्रेस कार्यकर्ताको उल्लेख्य उपस्थिति देखिएको थियो।

देउवा काठमाडौं फर्किएसँगै उनलाई कार्यकर्ताले सवारी स्कर्टिङसहित महाराजगञ्जस्थित निवाससम्म पुर्‍याउने तयारी गरेका छन्।

यसैबीच, कांग्रेसको इतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलालाई देउवाले शुक्रवार सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ।

लामो समयपछि पार्टीका नेता तथा कार्यकर्तामाझ प्रत्यक्ष उपस्थित हुन लागेका देउवाको सम्बोधनलाई कांग्रेसको आन्तरिक राजनीति र आगामी रणनीतिका दृष्टिले चासोका साथ हेरिएको छ।

देउवाको स्वदेश आगमनसँगै कांग्रेसभित्रको संगठनात्मक गतिविधि, नेतृत्वसम्बन्धी बहस तथा विभिन्न समूहबीचको राजनीतिक संवादले समेत गति लिने अपेक्षा गरिएको छ।

Page Views: 17
संबन्धित शिर्षकहरु
थवाङमा पहिरोको कहर : मृत्यु हुनेको संख्या ७ पुग्यो, पाँच जना अझै बेपत्ता
देउवाको अपिल : ‘युवा पुस्ताको आवाज सुनेको छु, परिवर्तन आत्मसात् गरेर अघि बढौँ’
दसैँ-तिहारमा पेट्रोलियम पदार्थको अभाव नहुने
ताजा अपडेट
  • थवाङमा पहिरोको कहर : मृत्यु हुनेको संख्या ७ पुग्यो, पाँच जना अझै बेपत्ता
  • देउवाको अपिल : ‘युवा पुस्ताको आवाज सुनेको छु, परिवर्तन आत्मसात् गरेर अघि बढौँ’
  • तीजको रंगमा पूजन काफ्लेको नयाँ सांगीतिक कोशेली, ‘तीजको लहर आउँदा बरिलै’ सार्वजनिक
  • पाँच महिनापछि काठमाडौं फर्किए देउवा, स्वागतमा विमानस्थल पुगे कांग्रेस नेता–कार्यकर्ता
  • दसैँ-तिहारमा पेट्रोलियम पदार्थको अभाव नहुने
  • लागू औषध ब्राउन सुगरसहित एक जना भारतीय पक्राउ
  • शेरबहादुर देउवा स्वदेश फर्किंदै
  • पहिरोमा परि दुईको मृत्यु, दुई जना घाइते

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama