Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन २९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

देउवाको उपस्थितिमा कांग्रेस इतर समूहको भेला शुरु, नेतृत्व र भावी रणनीतिबारे छलफल

- शुभ बिहानी / शुक्रबार, साउन २९, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेला काठमाडौंमा शुरु भएको छ।

शुक्रबार दिउँसो कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा भेलाको उद्घाटन गरिएको हो।

केही समयपछि स्वदेश फर्किएका देउवा प्रमुख अतिथिका रूपमा सहभागी भएपछि भेलाले कांग्रेसको आन्तरिक राजनीतिमा थप चर्चा पाएको छ।

कार्यक्रममा देउवालाई ‘नेपाली कांग्रेसका सभापति’ भनेर सम्बोधन गरिएको थियो।

डा। शशांक कोइरालाको अध्यक्षतामा भइरहेको भेलामा कांग्रेसका नेता डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलालगायत नेताहरू सहभागी छन्।

भेलामा पार्टीको वर्तमान अवस्था, संगठन सुदृढीकरण, नेतृत्वको भूमिका तथा आगामी राजनीतिक रणनीतिका विषयमा छलफल हुने बताइएको छ।

देउवाको सहभागितालाई भने कांग्रेसभित्र विकसित पछिल्लो राजनीतिक परिस्थितिसँग जोडेर हेरिएको छ।

सुजाता अनुपस्थित, गगनलाई समर्थन

यसैबीच कांग्रेस नेतृ सुजाता कोइराला भने उक्त भेलामा सहभागी भएकी छैनन्।

सुजाता शुक्रबार नै पार्टीको केन्द्रीय कार्यालय सानेपा पुगेर सभापति गगन थापालाई समर्थन गरेकी थिइन्। त्यसपछि उनी इतर समूहको भेलामा उपस्थित नभएकी हुन्।

एकातिर इतर समूहको भेलामा देउवाको उपस्थिति र अर्कोतर्फ सुजाता कोइरालाले थापालाई समर्थन गरेपछि कांग्रेसभित्रको आगामी नेतृत्व तथा राजनीतिक समीकरणबारे चासो थपिएको छ।

भेलाबाट कांग्रेसको आन्तरिक एकता, नेतृत्व र भावी राजनीतिक दिशाबारे कस्तो धारणा सार्वजनिक हुन्छ भन्ने विषयलाई पार्टीभित्र र बाहिर चासोका साथ हेरिएको छ।

Page Views: 11
संबन्धित शिर्षकहरु
कांग्रेस उपसभापति शर्माको प्रस्ताव : ‘देउवाले उठाएको परिवर्तन र युवा नेतृत्वको मुद्दालाई राष्ट्रिय भेलाको केन्द्र बनाऔँ’
सुदूरपश्चिम प्रदेशकाे मुख्यमन्त्रीमा खगराज भट्ट
चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
ताजा अपडेट
  • कांग्रेस उपसभापति शर्माको प्रस्ताव : ‘देउवाले उठाएको परिवर्तन र युवा नेतृत्वको मुद्दालाई राष्ट्रिय भेलाको केन्द्र बनाऔँ’
  • देउवाको उपस्थितिमा कांग्रेस इतर समूहको भेला शुरु, नेतृत्व र भावी रणनीतिबारे छलफल
  • सुदूरपश्चिम प्रदेशकाे मुख्यमन्त्रीमा खगराज भट्ट
  • चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
  • वर्षाका कारण राजमार्गसहित विभिन्न सडकखण्डमा यातायात प्रभावित
  • आजबाट का‌ग्रेस संस्थापनइतर समूहको भेला शुरु हुने
  • अमेरिकी डलरको मूल्य बढ्दा अन्य विदेशी मुद्राकाे अवस्था के छ ?
  • थवाङमा पहिरोको कहर : मृत्यु हुनेको संख्या ७ पुग्यो, पाँच जना अझै बेपत्ता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama