Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असोज २९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कांग्रेस उपसभापति शर्माको प्रस्ताव : ‘देउवाले उठाएको परिवर्तन र युवा नेतृत्वको मुद्दालाई राष्ट्रिय भेलाको केन्द्र बनाऔँ’

- शुभ बिहानी / शुक्रबार, साउन २९, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री ८८शेरबहादुर देउवाले स्वदेश फर्किएपछि जारी गरेको लिखित अपिलमा उल्लेख गरेका ‘परिवर्तन आत्मसात् गर्ने’ र ‘युवालाई अघि बढाउने’ विषयलाई पार्टीको राष्ट्रिय भेलाको मुख्य एजेन्डा बनाउनुपर्ने बताएका छन्।

शर्माले शुक्रबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै देउवाको लिखित अभिव्यक्तिलाई स्मरण गराउँदै कांग्रेसले अहिले त्यही भावनाअनुसार अघि बढ्नुपर्ने धारणा राखेका हुन्।

देउवा बिहीबार स्वदेश फर्किएपछि जारी गरेको अपिलमा परिवर्तनलाई आत्मसात् गर्ने तथा युवा पुस्तालाई अघि बढाउने विषय उल्लेख गरेका थिए।

शर्माले देउवाको उक्त अभिमतलाई कांग्रेसभित्र भइरहेको राष्ट्रिय भेलामा समेत केन्द्रमा राख्नुपर्ने बताए।

‘निवर्तमान सभापति शेरबहादुर देउवा हिजो काठमाडौं फर्किनुभयो। हामीले स्वागत पनि गर्‍यौं,’ शर्माले भने, ‘उहाँको लिखित अभिव्यक्तिमा आएको परिवर्तन आत्मसात् गर्ने कुरा र युवा अघि बढाउने कुरा कांग्रेस अहिले छ।

उहाँ स्वयंले व्यक्त गरेको त्यो अभिमत अहिले हुँदै गरेको सम्मेलनमा पनि केन्द्रमा राखियोस्।’

‘सबै एक ठाउँमा उभिनुपर्ने बेला’

शर्माले लामो समयपछि स्वदेश फर्किएका देउवाबाट पार्टीभित्र एकताको सन्देश आउने अपेक्षा रहेको बताए।

उनका अनुसार अहिले कांग्रेसभित्र सबै पक्षबीच संवाद र सहकार्य आवश्यक छ। पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउन नेतृत्वदेखि कार्यकर्तासम्म सबैले साझा प्रयास गर्नुपर्ने उनको भनाइ छ।

संस्थापनइतर पक्षले काठमाडौंको सुकेधारामा साउन ३१ गतेसम्म राष्ट्रिय भेला आयोजना गरिरहेको छ।

उक्त भेला शुरु हुनुअघि कांग्रेसले पार्टी एकताका लागि अहिलेसम्म गरेका प्रयासबारे शर्माले केन्द्रीय समितिमा जानकारी गराएका थिए।

‘युवा प्रधानमन्त्री र युवा सभापतिलाई आत्मसात् गरौँ’

उपसभापति शर्माले मुलुकको पछिल्लो राजनीतिक पुस्तान्तरणलाई कांग्रेसले पनि आत्मसात् गर्नुपर्ने धारणा राखे।

उनले ३६ वर्षका बालेन शाह प्रधानमन्त्री रहेको प्रसंग उल्लेख गर्दै त्यसभन्दा केही वर्षका गगन थापा कांग्रेस सभापति बनेको अवस्थालाई पनि पार्टीले स्वीकार गर्नुपर्ने बताए।

‘३६ वर्षका युवा प्रधानमन्त्री भएको कुरा आत्मसात् गर्दै विधि र पद्धतिबाट कांग्रेस नेतृत्वमा आइपुगेका सोही उमेर हाराहारीका गगन थापालाई पनि आत्मसात् गरौँ,’ शर्माले भने।

उनले पार्टीको विधि र पद्धतिबाट नेतृत्वमा पुगेको व्यक्तिलाई स्वीकार नगर्ने अवस्था सिर्जना भए त्यसले कांग्रेसभित्र गम्भीर प्रश्न खडा गर्न सक्ने चेतावनीसमेत दिए।

मंसिरअघि १५औँ महाधिवेशन गर्नुपर्नेमा जोड

शर्माले नेपाली कांग्रेसको १५औँ महाधिवेशन मंसिरअघि नै गर्नुपर्ने धारणा दोहोर्‍याएका छन्।

पार्टीभित्रको पछिल्लो विवाद र मतभेदका बीच आफूहरू एकताको पक्षमा रहेको बताउँदै उनले महाधिवेशनमार्फत पार्टीलाई थप व्यवस्थित र एकताबद्ध बनाएर अघि बढाउनुपर्नेमा जोड दिए।

उनको अभिव्यक्तिले देउवाको परिवर्तन र युवा नेतृत्वसम्बन्धी पछिल्लो धारणा तथा गगन थापाको नेतृत्वलाई जोडेर कांग्रेसभित्र नयाँ राजनीतिक संवाद अघि बढाउनुपर्ने संकेत गरेको छ।

Page Views: 81
संबन्धित शिर्षकहरु
जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
आजका लागि कुन कुन विदेशी मुद्राको विनिमय दर कति ?
ताजा अपडेट
  • जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
  • प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
  • आजका लागि कुन कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज बडादशैँकाे पाँचौं दिन स्कन्दमाताको पूजा आराधना गरिँदै
  • संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा नेपाल निर्वाचित
  • बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध
  • गृहमन्त्री गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
  • बडादशैँकाे चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama