आज प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै छ । बैठक आज बिहान १० बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको हलमा बस्ने तयारी रहेकाे छ ।
आजको बैठकमा आउटसोर्सिङका माध्यमबाट गरिने श्रमिक व्यवस्थापनका सम्बन्धमा सरोकारवालाहरूसँग छलफल गर्ने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
त्यस्तै बैठकमा उठेका विषयवस्तुको जवाफ दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री र मन्त्रालयका सचिवलाई बाेलाइएको छ ।