Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असोज ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पट्टायामा नेपाली समुदायको सहभागितामा हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न

- शुभ बिहानी / बुधबार, भदौ ३१, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

पट्टाया, थाइल्याण्ड — थाइल्याण्डको पट्टायामा गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी थाइल्याण्डअन्तर्गत एनआरएनए पट्टाया शाखाको आयोजनामा हरितालिका तीज विशेष कार्यक्रम–२०२६ भव्य एवं सभ्य रूपमा सम्पन्न भएको छ।

प्रवासमा नेपाली संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षण गर्ने उद्देश्यसहित आयोजित कार्यक्रममा धार्मिक पूजा–आराधना, सांस्कृतिक प्रस्तुति तथा २० जना अग्रज आमाहरूलाई सम्मान गरिएको थियो।

कार्यक्रममा एनआरएनए अभियन्ता तथा आयोजकहरू प्रेमकुमार अधिकारी, बिक्रम अधिकारी, हिराकाजी श्रेष्ठ र विष्णुप्रसाद पाण्डे लगायतको सहभागिता रहेको थियो।

आयोजकहरूले प्रवासमा नेपाली संस्कृति, परम्परा र सामाजिक एकतालाई निरन्तरता दिन यस्ता कार्यक्रमको महत्व रहेको बताएका थिए।

कार्यक्रममा भगवान् शिव, पार्वती तथा गणेशको पूजा–आराधना गरिएको थियो। साथै नेपालमा हालै आएको बाढी–पहिरो तथा प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो। विपत्तिमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता नागरिकहरू सुरक्षित रूपमा फेला परून् भन्ने कामनासमेत गरिएको थियो।

तीज गीत तथा सांस्कृतिक प्रस्तुतिले बढायो रौनक

कार्यक्रममा नेपाली संस्कृति, परम्परा तथा हरितालिका तीजको धार्मिक एवं सामाजिक महत्वलाई उजागर गर्दै विभिन्न सांस्कृतिक नृत्य तथा प्रस्तुतिहरू प्रस्तुत गरिएका थिए। सहभागीहरूले तीज गीत तथा नृत्यमार्फत नेपाली मौलिक संस्कृति र परम्पराप्रतिको आत्मीयता प्रस्तुत गरेका थिए।

अग्रज आमाहरूलाई सम्मान

कार्यक्रममा २० जना अग्रज आमाहरूलाई सम्मान गरिएको थियो। प्रवासमा नेपाली समाजको विकास, संस्कार र सामाजिक एकतामा अग्रज पुस्ताले पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ। सम्मान कार्यक्रमले पुस्तान्तरण, आपसी सद्भाव र नेपाली मौलिक परम्पराप्रतिको सम्मानलाई थप बलियो बनाएको थियो।

विदेशमा रहेर पनि नेपाली चाडपर्व, भाषा, संस्कार र सांस्कृतिक पहिचानलाई निरन्तरता दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

Page Views: 29
संबन्धित शिर्षकहरु
भोटेकोशी बाढीमा परि निधन हुनेकाे संख्या १४०९ पुग्याे
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
तीनदिने भ्रमणका लागि अर्थमन्त्री वाग्ले भारत प्रस्थान
ताजा अपडेट
  • भोटेकोशी बाढीमा परि निधन हुनेकाे संख्या १४०९ पुग्याे
  • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
  • तीनदिने भ्रमणका लागि अर्थमन्त्री वाग्ले भारत प्रस्थान
  • प्रतिनिधिसभाको बैठक बस्दै
  • पूजाआराधना गरि विश्वकर्मा पूजा मनाइँदै
  • यस्तो छ आजको पञ्चाङ्ग तथा राशिफल
  • पट्टायामा नेपाली समुदायको सहभागितामा हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न
  • लोककल्याणकारी विज्ञापन राज्यको दया होइन

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama