Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असोज ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पूजाआराधना गरि विश्वकर्मा पूजा मनाइँदै

- शुभ बिहानी / बिहिबार, असोज ०१, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पर्व मनाइँदै छ । प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन मनाइने याे पर्वमा विश्वकर्माको विधिपूर्वक पूजाआरधना गरिन्छ भने विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को तस्बिरमा विधिपूर्वक पूजाआराधना गरिन्छ ।

कलकारखानालाई विशेष रूपमा सजाएर श्रमिकले यो दिवस भव्यताका साथ मनाउने गर्दछन् । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध स्थलमा लगेर सेलाउने गरिन्छ ।

आजका दिन कालिगढले उपयोगमा ल्याउने औजारमा पूजाआराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत धार्मिक विश्वास रहेकाे छ । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास समेत रहेकाे पाइन्छ ।

एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी त्यसै समयदेखि पूजा गर्ने परम्परा बसेको प्रा तोयराज नेपाल बताउछन् । प्राचीन भारत वर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रूपमा समेत मानिन्छ भने विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ ।

त्यसैगरि विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रूपमा समेत लिने गरिन्छ । नेपालका कालिगढले भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्ने र यसरी पूजाआराधना गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने भएकाले सोही विश्वासमा आज इञ्जिन जडान भएका यन्त्र सवारी साधनमा समेत पूजाआराधना गरिन्छ ।

त्यस्तै वास्तुशास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रूपमा मनाउने गर्छन् । पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तुशास्त्रकै विषय उल्लेख गरिएकाे छ भने पछिल्लो दिनमा वास्तु विद्याको महत्त्व बढेको छ ।

Page Views: 12
संबन्धित शिर्षकहरु
भोटेकोशी बाढीमा परि निधन हुनेकाे संख्या १४०९ पुग्याे
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
तीनदिने भ्रमणका लागि अर्थमन्त्री वाग्ले भारत प्रस्थान
ताजा अपडेट
  • भोटेकोशी बाढीमा परि निधन हुनेकाे संख्या १४०९ पुग्याे
  • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
  • तीनदिने भ्रमणका लागि अर्थमन्त्री वाग्ले भारत प्रस्थान
  • प्रतिनिधिसभाको बैठक बस्दै
  • पूजाआराधना गरि विश्वकर्मा पूजा मनाइँदै
  • यस्तो छ आजको पञ्चाङ्ग तथा राशिफल
  • पट्टायामा नेपाली समुदायको सहभागितामा हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न
  • लोककल्याणकारी विज्ञापन राज्यको दया होइन

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama