ललितपुरमा साढे दुई तले घर ढलेको छ । ललितपुर महानगरपालिका-२४, धापाखेलमा साढे दुई तले घर ढलेको हाे ।
आज बिहान ६ बजेर ३५ मिनेटमा सोवितकुमार थापाको साढे दुई तले घर ढलेकाे ललितपुरका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिएका छन् । जोखिममा रहेका कारण घरधनीलाई हिजो नै घर खाली गर्न आग्रह गरिएकाले मानवीय क्षति भने नभएको उनकाे भनाइ रहेकाे छ ।
थापाको उक्त घरमा तीन जनाको परिवार बस्दै आएको थियो । अविरल वर्षाका कारण जमिन गल्न पुग्दा भिरालो सतहमा बनेको घर ढलेको बताइएकाे छ । घर ढल्दा घर मुनि रहेको खोल्सो पनि थुनिएको प्रहरीले जनाएको छ ।