Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, असोज २५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

बूढीगण्डकी आएको बाढीले बस्ती र पुल बगायाे

- शुभ बिहानी / आइतबार, असोज २५, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

आज बिहाना गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीले बस्ती र पुल बगाएकाे छ । बाढीले चुमनुब्री गाउँपालिकाको पैयू र बगर गाउँका ३५ घर बगाएको छ भने दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा व्यापक क्षति भएको चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिएकी छन् ।

त्यसैगरि बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु जोड्ने मोटरेबल पुल बगाएको छ । बिहान चुमनुब्री गाउँपालिकास्थित उङ्गेल खोलाबाट आएको बाढीसँगै स्यार खोलामा पहिरोसमेत आएको थियाे ।

स्थानीयका अनुसार स्यार खोलामा पानी थुनिएर एक्कासि बाढी आएको थियाे भने उक्त बाढीका कारण बूढीगण्डकी नदीमा समेत पानीको बहाव बढेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिएका छन् ।

आज बिहान ४ बजे तिरकाे समयमा आएको बाढी गाउँमा पसेपछि स्थानीय सुरक्षित स्थानतर्फ भागेका थिए । बाढीको जोखिमलाई ध्यानमा राखेर सिर्दिबास तथा धार्चे गाउँपालिकाका खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाटका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएकाे छ ।

Page Views: 20
संबन्धित शिर्षकहरु
ऐतिहासिक व्यक्तित्वद्वय बिसे र बाङ्गेको सम्मानमा हुलाक टिकट
बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल पनि बगायाे
आज बडादशैँकाे पहिलाे दिन घटस्थापना
ताजा अपडेट
  • ऐतिहासिक व्यक्तित्वद्वय बिसे र बाङ्गेको सम्मानमा हुलाक टिकट
  • बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल पनि बगायाे
  • बूढीगण्डकी आएको बाढीले बस्ती र पुल बगायाे
  • आज बडादशैँकाे पहिलाे दिन घटस्थापना
  • दिवङ्गत पितृको सम्झनामा श्राद्ध, तर्पण तथा पिण्डदानसँगै सोह्र श्राद्ध समाप्त
  • स्कुल बस दुर्घटना अपडेट : ५ जनाकाे मृत्यु
  • आजबाट अग्रिम टिकट बुकिङ खुला
  • पाेखरामा स्कुल बस दुर्घटना

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama