Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, असोज २५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

ऐतिहासिक व्यक्तित्वद्वय बिसे र बाङ्गेको सम्मानमा हुलाक टिकट

- शुभ बिहानी / आइतबार, असोज २५, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

दुईजना ऐतिहासिक व्यक्तित्वहरु बिसे नगर्ची र बाङ्गे सार्कीको सम्मानमा हुलाक टिकट प्रकाशन गरिएको छ । उनीहरूको सम्मानमा हुलाक सेवा विभागले हुलाक टिकट प्रकाशन गर्दै प्रथम दिवसीय टाँचा लगाएको हो ।

यस कार्यमा प्रथम दिवसीय टाँचा लगाउने अवसर पाउँदा आफूलाई गर्व र सन्तोषको अनुभूति भएको विक्रम तिमिल्सिनाले बताए । उनले यस महत्त्वपूर्ण कार्यका लागि हुलाक सेवा विभाग र सम्बन्धित सबैलाई हार्दिक धन्यवाद समेत दिएका थिए ।

तिमिल्सिनाले यस कदमलाई नेपालको इतिहासलाई अझ समावेशी दृष्टिले हेर्ने र राष्ट्र निर्माणमा दलित समुदायले पुर्‍याएको योगदानलाई उचित स्थान दिने महत्त्वपूर्ण सन्देशका रूपमा व्याख्या गरेका थिए ।

इतिहासमा योगदान गर्ने सबैको सम्मान हुनु नै न्यायपूर्ण समाजको मुख्य आधार भएको उनको भनाइ रहेकाे थियाे । राज्यको यो कदम दुई ऐतिहासिक व्यक्तित्वको सम्मानमा मात्र सीमित नरही समग्र दलित समुदायको आत्मसम्मान, पहिचान र गौरवसँग जोडिएको पनि उनले स्पष्ट पारेका थिए ।

नेपाल एकीकरणको समयमा गोर्खाका राजा पृथ्वीनारायण शाहलाई आर्थिक र रणनीतिक सल्लाह दिने बिसे नगर्ची र हातहतियार तथा छालाका सामग्री निर्माणमा योगदान गर्ने बाङ्गे सार्कीको भूमिकालाई नेपाली इतिहासमा उच्च महत्त्वका साथ हेरिन्छ ।

Page Views: 19
संबन्धित शिर्षकहरु
बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल पनि बगायाे
बूढीगण्डकी आएको बाढीले बस्ती र पुल बगायाे
आज बडादशैँकाे पहिलाे दिन घटस्थापना
ताजा अपडेट
  • ऐतिहासिक व्यक्तित्वद्वय बिसे र बाङ्गेको सम्मानमा हुलाक टिकट
  • बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल पनि बगायाे
  • बूढीगण्डकी आएको बाढीले बस्ती र पुल बगायाे
  • आज बडादशैँकाे पहिलाे दिन घटस्थापना
  • दिवङ्गत पितृको सम्झनामा श्राद्ध, तर्पण तथा पिण्डदानसँगै सोह्र श्राद्ध समाप्त
  • स्कुल बस दुर्घटना अपडेट : ५ जनाकाे मृत्यु
  • आजबाट अग्रिम टिकट बुकिङ खुला
  • पाेखरामा स्कुल बस दुर्घटना

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama