Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, असोज २७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

बडादशैँकाे तेश्राे दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

- शुभ बिहानी / मङ्गलबार, असोज २७, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

आज बडादशैँकाे तेस्रो दिन दशैँघर तथा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रमा उल्लेख गरिएकाे छ ।

चन्द्रघण्टा देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको धार्मिक विश्वास रहेकाे पाइन्छ । मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ अर्थात् चन्द्रमा जसको घण्टामा रहेको छ उनको नाम चन्द्रघण्टा हो भनी उल्लेख समेत गरिएको छ ।

चन्द्रघण्टा देवीले शिरमा अर्धचन्द्रका साथै घण्टा पनि धारणा गर्ने भएकाले यो नाम रहन गएको हो भने चन्द्रघण्टा देवीको स्वरुप पहेँलो वर्णको हुन्छ । चन्द्रघण्टा देवीले अत्याचारी दानवी स्वरुपलाई नाश गर्ने विश्वास रहेकाे पाइन्छ ।

चन्द्रघण्टा देवीको पूजा आराधनाका दिन मणिपुर चक्रलाई ध्यान गरिनुका साथै चन्द्रघण्टा देवीको स्वरुपको ध्यान गर्दा अनेकौँ शक्ति प्राप्त हुने विश्वास गरिन्छ । सामान्य, शान्त, एवम् करुणामयी चन्द्रघण्टा देवीबाट कृपा भए समग्र पाप नाश हुने देवीको वर्णन गरिएका विभिन्न पुराण एवम् ग्रन्थमा व्याख्या गरिएको वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईले बताएका छन् ।

Page Views: 6
संबन्धित शिर्षकहरु
उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ्न थाल्याे
चार उन्नत जात उखु नेपाललाई हस्तान्तरण
उपसभापतिमा चन्द्र, मधु र चौधरी निर्वाचित
ताजा अपडेट
  • उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ्न थाल्याे
  • बडादशैँकाे तेश्राे दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै
  • चार उन्नत जात उखु नेपाललाई हस्तान्तरण
  • उपसभापतिमा चन्द्र, मधु र चौधरी निर्वाचित
  • प्रस्तावित चार राजदूतहरूको संसदीय सुनुवाइ हुँदै
  • आज बडादशैँको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै
  • ऐतिहासिक व्यक्तित्वद्वय बिसे र बाङ्गेको सम्मानमा हुलाक टिकट
  • बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल पनि बगायाे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama