Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, असोज २७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

राष्ट्रिय राजमार्ग र विभिन्न सडक मर्मतमा तीव्रता

- शुभ बिहानी / मङ्गलबार, असोज २७, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

नेपालीहरुकाे महान चाड बडादशैँलाई लक्षित गरी सडक डिभिजन कार्यालय भरतपुरले राष्ट्रिय राजमार्ग तथा मातहतका सडकको मर्मतलाई तीव्रता दिएको छ । कार्यालयले यसवर्षकाे बाढी, पहिरो र वर्षाका कारण खाल्डाखुल्डी परेका तथा भत्किएका सडक मर्मत गरी चाडपर्वमा यात्रा सहज बनाउने कामलाई तीव्रता दिएको हो ।

डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यका अनुसार यस वर्ष बाढी, पहिरो र वर्षाका कारण विभिन्न स्थानमा सडकमा क्षति पुगेकाले चाडपर्वलाई ध्यानमा राखेर मर्मतको काम तीव्र पारिएको बताइएकाे छ ।

उनले सडक मर्मत नियमित काम भए पनि यस वर्ष थप प्राथमिकताका साथ काम भइरहेको बताउँदै भने, “हामी नियमित रुपमा सडक मर्मत गर्छौं । यस वर्ष चाडपर्वलाई लक्षित गरी कामलाई तीव्रता दिएका छौँ । यात्रुलाई सहज रूपमा यात्रा गर्नसक्ने वातावरण बनाउनु हाम्रो उद्देश्य हो ।”

उनका अनुसार नारायणगढ–मुग्लिन, नारायणगढ–लोथर, भरतपुर–माडी र भरतपुर–मेघौली सडकखण्डका साथै नवलपुर–पाल्पा–कालीगण्डकी करिडोरमा नियमित मर्मत भइरहेको छ । तीमध्ये धेरै स्थानमा मर्मतको काम सम्पन्न भइसकेको छ ।

आचार्यका अनुसार सडकको क्षमताभन्दा बढी भार बोकेका सवारीसाधनको आवागमन र वर्षायाममा पानीको बहावका कारण सडकमा क्षति पुगेकाे र सडकको क्षति कम गर्न क्षमताभन्दा बढी भार बोकेका सवारीसाधन सञ्चालन नगर्न आग्रह गरेकाे बताएका छन् ।

कार्यालयले आफ्नै जनशक्ति परिचालन गरी ‘इमल्सन प्याच’ र ‘रेक्टिफिक्स प्याच’ विधिबाट सडक मर्मत गरिरहेको छ । हिउँदमा तयार पारिएको रेक्टिफिक्स प्रयोग गरी आवश्यकताअनुसार इमल्सन प्याच प्रविधिसमेत अपनाएर सडकका खाल्डाखुल्डी पुर्ने काम भइरहेको उनकाे भनाइ रहेकाे छ ।

Page Views: 22
संबन्धित शिर्षकहरु
उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ्न थाल्याे
बडादशैँकाे तेश्राे दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै
चार उन्नत जात उखु नेपाललाई हस्तान्तरण
ताजा अपडेट
  • राष्ट्रिय राजमार्ग र विभिन्न सडक मर्मतमा तीव्रता
  • उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ्न थाल्याे
  • बडादशैँकाे तेश्राे दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै
  • चार उन्नत जात उखु नेपाललाई हस्तान्तरण
  • उपसभापतिमा चन्द्र, मधु र चौधरी निर्वाचित
  • प्रस्तावित चार राजदूतहरूको संसदीय सुनुवाइ हुँदै
  • आज बडादशैँको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै
  • ऐतिहासिक व्यक्तित्वद्वय बिसे र बाङ्गेको सम्मानमा हुलाक टिकट

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama