नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछ । हिजाेबाट सुरु भएको पहिलाे उद्घाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको थियो ।
पहिलो दिन एकमात्र खेल भएको एनपीएलमा आज भने दुई खेल हुने भएकाे हाे । आज दिउँसो साढे १२ बजे चितवन राइनोज र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुनेछ भने साँझ ५ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ ।
जसमा सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर किंग्समा लोकेश बम, बसिर अहमद, प्रतिश जीसी, सुवास भण्डारी, नारायण जोशी, रुपेश सिंह, नरेन साउद, सुजन थपलिया जस्ता खेलाडी रहेकाे छन् । त्यस्तै, इमरान शेख, प्रतिक श्रेष्ठ, आन्द्रे रसेल, एन्जेलो म्याथ्युज, शुभम रन्जाने, चरिथ असलंका लगायतका खेलाडी पनि विराटनगरको टिममा रहेका छन् ।
यता कुशल मल्लको नेतृत्वमा रहेको चितवन राइनोजको टोलीमा देव खनाल, अर्जुन साउद, रिजन ढकाल, कमल सिंह ऐरी, रञ्जित कुमार, दीपक बोहरा, रवि बोपारा, सिकन्दर राजा, कलिम साना लगायतका खेलाडी समावेश छन् । त्यस्तै, चितवनमा विवेक यादव, मौसम ढकाल, विपिन रावल, हसन अली, गौतम केसी, सलाहुद्दिन खान, उसामा मीर लगायतका खेलाडी रहेका छन् ।
त्यसैगरि आजकाे दाेश्राे खेलमा जनकपुरको टोलीका कप्तान हर्मित सिंह रहेका छन् भने उनकाे टाेलीमा कुशल परेरा, ललित राजवंशी, मयन यादव, अनिल साह, विकास आग्री, आदित्य मेहता, तृतराज दासजस्ता खेलाडी समावेश रहेकाे छन् । त्यस्तै नकपुरमा अभिषेक तिवारी, विशाल पटेल, विशाल सुशलिङ, अमरसिंह रौतेला, रित गौतम, सन्तोष कार्की, जिमी नीशम, मोइन अली, इफ्तिकार अहमद लगायतका खेलाडी पनि रहेका छन्।
त्यसैगरि सोमपाल कामीकाे कप्तानीमा रहेकाे कर्णालीको टिममा डेभिड मिलर,नन्दन यादव, युवराज खत्री, पवन सर्राफ रहेका छन् । त्यस्तै, विपिनप्रसाद शर्मा, दिपक डुम्रे, युनिश सिंह ठकुरी, शुभ कंसाकार, दीपेन्द्र रावत, सूर्य तामाङ, सचिन शर्मा, दिवान पुन लगायतका खेलाडी पनि कर्णालीको टिममा समावेश छन् ।