Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, कार्तिक १२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

मौसमको अवस्था बुझेर मात्र धान काट्न कृषकलाई आग्रह

- शुभ बिहानी / मङ्गलबार, कार्तिक ११, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

सम्भावित मौसमको अवस्था बारे जानकारी लिएर मात्र धान काट्न कृषकलाई आग्रह गरिएकाे छ । कृषि विकास कार्यालय धादिङले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर मात्र धान काट्न तथा भित्र्याउन कृषकलाई आग्रह गरेको हाे ।

कार्यालयले जारी गरेको ‘धानबाली काट्ने तथा भित्र्याउने सम्बन्धी’ सूचनामा यही कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको उल्लेख छ । साेहि अनुसार वर्षाबाट धानबालीमा क्षति हुन नदिन विशेष सावधानी अपनाउन कार्यालयले अनुरोध गरेको हाे ।

खेतमा पाकिसकेको धान मौसमको अवस्था हेरेर कात्तिक १५ गतेपछि मात्र काट्न कार्यालयले सुझाएको हाे । तत्काल भित्र्याउन नसकिने धान भने मौसममा सुधार आएपछि मात्र काट्ने गरी समय मिलाउन कृषकलाई आग्रह गरिएको छ ।

त्यसैगरि धान नपाकेकाे खेतमा कुलो वा नाली काटेर तत्काल पानी निकासको व्यवस्था गर्न समेत कार्यालयले अनुरोध गरेको छ । हावाहुरी वा पानीका कारण धान ढलेको भए बाला पानीमा डुब्न नदिन मुठो पारेर ठड्याउने वा अग्लो ठाउँमा राख्ने प्रयास गर्न कार्यालयले कृषकलाई आग्रह गरेको छ ।

Page Views: 22
संबन्धित शिर्षकहरु
किसानलाई हिउँदे जै घाँसको बीउ वितरण
काठमाडौं उपत्यकाबाट अन्य जिल्लाका नागरिकले नागरिकताको प्रतिलिपि लिन सक्ने
तिहार र छठ नजिकिएसँगै माटो र बाँस भाँडाकुँडाकाे व्यापार बढ्दाे
ताजा अपडेट
  • किसानलाई हिउँदे जै घाँसको बीउ वितरण
  • काठमाडौं उपत्यकाबाट अन्य जिल्लाका नागरिकले नागरिकताको प्रतिलिपि लिन सक्ने
  • तिहार र छठ नजिकिएसँगै माटो र बाँस भाँडाकुँडाकाे व्यापार बढ्दाे
  • रेडक्रसद्वारा रक्तदान गर्न आग्रह
  • श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ हुम्ला पुगे
  • मौसमको अवस्था बुझेर मात्र धान काट्न कृषकलाई आग्रह
  • आज एनपीएलकाे दुई खेल हुँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama