नेपाली बजारमा सुनको मूल्य आज उकालो लाग्दा चाँदीको भने घटेको छ । हिजाे सोमबारको तुलनामा आज मंगलबार सुनको मूल्य ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यो सँगै आज सुनको मूल्य २ लाख ८२ हजार ३ सय रुपैयाँ कायम भएको छ । हिजाे सोमबार ३ हजार रुपैयाँले बढेर सुनको मूल्य २ लाख ८१ हजार ५ सय रुपैयाँमा काराेबार भएकाे थियो ।
आइतबार छापावाल सुनको मूल्य तोलाकाे ११ हजार ७०० रुपैयाँले घटेर २ लाख ७८ हजार ५ सय रुपैयाँमा काराेबार भएकाे थियो ।
त्यसैगरि आज चाँदीको मूल्य २५ रुपैयाँले घटेर ३ हजार ९५५ रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएको छ ।