Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, कार्तिक १२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

किसानलाई हिउँदे जै घाँसको बीउ वितरण

- शुभ बिहानी / बुधबार, कार्तिक १२, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काभ्रे जिल्लाकाे रविओपीस्थित देउराली दुग्ध उत्पादक सहकारी संस्था र सेतीदेवी दुग्ध उत्पादक सहकारी संस्थामार्फत किसानलाई हिउँदे जै घाँसको बीउ वितरण गरिएको छ ।

पशु सेवा कार्यालय, काभ्रेपलाञ्चोकले दुवै सहकारी संस्थाका किसानलाई ५०० किलोग्राम जै घाँसको बीउ वितरण गरेको हो । सेतीदेवी दुग्ध उत्पादक सहकारीलाई ३०० र देउराली दुग्ध उत्पादक सहकारीलाई २०० किलोग्राम बीउ उपलब्ध गराइएको छ ।

किसानलाई प्रतिव्यक्ति पाँच किलोग्रामका दरले बीउ वितरण गरिएको थियाे । पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा. ब्रजकिशोर ठाकुरका अनुसार कार्यालयमा जै घाँसको दुई हजार ५०० किलोग्राम बीउ मौज्दात रहेकामा यसअघि कार्यालयबाटै ५०० किलोग्राम वितरण गरिएको थियो ।

थप ५०० किलोग्राम वितरण गरिएसँगै हालसम्म १ हजार किलोग्राम बीउ वितरण गरिएकाे र किसानको मागअनुसार बीउ वितरण गरिने उल्लेख गर्दै उनले आवश्यक परे सहकारीले थप बीउ खरिद गरेर पनि किसानलाई वितरण गर्न सक्ने बताएका छन् ।

दूध उत्पादनका लागि पशुपालन गर्दै आएका किसानलाई हिउँदमा हरियो घाँसको अभाव हुन नदिन बीउ वितरण गरिएको हाे भने जै घाँसबाट एकै सिजनमा तीनदेखि चारपटकसम्म उत्पादन लिन सकिने भएकाले पशुलाई हरियो तथा पोषणयुक्त आहारा उपलब्ध गराउन र दूध उत्पादन बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

असोज–कात्तिक जै घाँस लगाउन उपयुक्त समय हो । प्रोटिनयुक्त जै घाँसले पशुको पोषणमा सुधार ल्याउनुका साथै दूध उत्पादन बढाउन सहयोग पुग्ने भएकाले किसानलाई प्रत्येक वर्ष यसको खेती गर्न उनले सुझाव दिएका छन् ।

Page Views: 9
संबन्धित शिर्षकहरु
काठमाडौं उपत्यकाबाट अन्य जिल्लाका नागरिकले नागरिकताको प्रतिलिपि लिन सक्ने
तिहार र छठ नजिकिएसँगै माटो र बाँस भाँडाकुँडाकाे व्यापार बढ्दाे
रेडक्रसद्वारा रक्तदान गर्न आग्रह
ताजा अपडेट
  • किसानलाई हिउँदे जै घाँसको बीउ वितरण
  • काठमाडौं उपत्यकाबाट अन्य जिल्लाका नागरिकले नागरिकताको प्रतिलिपि लिन सक्ने
  • तिहार र छठ नजिकिएसँगै माटो र बाँस भाँडाकुँडाकाे व्यापार बढ्दाे
  • रेडक्रसद्वारा रक्तदान गर्न आग्रह
  • श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ हुम्ला पुगे
  • मौसमको अवस्था बुझेर मात्र धान काट्न कृषकलाई आग्रह
  • आज एनपीएलकाे दुई खेल हुँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama