Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, कार्तिक १२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

तिहार र छठ नजिकिएसँगै माटो र बाँस भाँडाकुँडाकाे व्यापार बढ्दाे

- शुभ बिहानी / बुधबार, कार्तिक १२, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

नेपालीहरुकाे दाश्राे ठुलाे चाड तिहार र छठ पर्व नजिकिएसँगै बजारमा माटो र बाँसले बनाएका भाँडाकुँडा तथा अन्य सामग्रीको व्यापार बढेको छ । तिहार, छठजस्ता चाडपर्व नजिकिँदै जाँदा राजविरजका भक्तजनहरूले अनिवार्य रूपमा उक्त प्रकारका सामग्री खोजीखोजी खरिद गर्ने भएका कारण माग बढेको हो ।

तिहारमा प्रयोग गरिने माटोको दियो, कलश, घैला तथा छठपर्वमा प्रयोग गरिने बाँसको कोनिया, नाङ्लो, ढाकीलगायतका सामग्रीको माग दसैँपछि बढेको स्थानीय व्यापारीहरले जनाएका छन् । अन्य समयमा ठिकठिकै व्यापार भए पनि दसैँदेखि छठसम्म राम्रो व्यापार हुँदै आएको पनि व्यापारीहरुकाे भनाइ रहेकाे छ ।

अन्य सिजनमा दिनको एक हजारको हाराहारीमा व्यापार हुँदै आए पनि दसैँदेखि तिहारसम्म दोब्बर व्यापार हुँदै आएको स्थानीय व्यापारी बुचनीदेवी साहले जानकारी दिएकि छन् । तर, विवाह व्रतबन्ध, मृत्यु संस्कार घरमा लगाइने पूजाबाहेकमा माटो र बाँसका सामग्री आवश्यकता नपर्ने हुनाले किन्नुपर्ने बाध्यता भने नभएकाे उनकाे भनाइ रहेकाे छ ।

तर, तिहार र छठ मधेसमा सबैले अनिवार्य मनाउने हुनाले किन्नैपर्ने बाध्यता भएको राजविराज नगरपालिका वडा नं २ की ममता झाले बताइन् । उनले मधेसको हरेक चाडपर्व तथा पूजामा माटोका भाँडा र बाँसका सामग्री नभई नहुने हुनाले यो सिजनमा उक्त सामग्रीको व्यावसायिक कारोबार बढ्ने गरेको बताइन् ।

जिल्ला रहेका स्थानीय कुमालले बनाएको माटोका र मरिक (डोम) समुदायले बनाएको बाँसका सामग्रीले बजार लिएपछि स्थानीयस्तरको लगानी स्थानीयस्तरमै रहने सकारात्मक रहेको राजविराज नगरपालिकाका प्रमुख इसरत परविनले बताइन् ।

उनका अनुसार माटो र बाँसबाट निर्माण गरिएका सामग्री स्थानीयले आफ्नै ठाउँमा खरिदबिक्री गर्नु सकारात्मक पक्ष रहेको र बाँस र माटोका सामग्री खरिदबिक्री गर्न जिल्लावासीले अन्य जिल्लाको भर पर्नुनपरेको बताइएकाे छ ।

Page Views: 7
संबन्धित शिर्षकहरु
किसानलाई हिउँदे जै घाँसको बीउ वितरण
काठमाडौं उपत्यकाबाट अन्य जिल्लाका नागरिकले नागरिकताको प्रतिलिपि लिन सक्ने
रेडक्रसद्वारा रक्तदान गर्न आग्रह
ताजा अपडेट
  • किसानलाई हिउँदे जै घाँसको बीउ वितरण
  • काठमाडौं उपत्यकाबाट अन्य जिल्लाका नागरिकले नागरिकताको प्रतिलिपि लिन सक्ने
  • तिहार र छठ नजिकिएसँगै माटो र बाँस भाँडाकुँडाकाे व्यापार बढ्दाे
  • रेडक्रसद्वारा रक्तदान गर्न आग्रह
  • श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ हुम्ला पुगे
  • मौसमको अवस्था बुझेर मात्र धान काट्न कृषकलाई आग्रह
  • आज एनपीएलकाे दुई खेल हुँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama