Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, कार्तिक २१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

त्रिभुवन विमानस्थलमा ब्यागेज ड्रप एरियाको लाइभ

- शुभ बिहानी / शुक्रबार, कार्तिक २१, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यात्रुहरूको ब्यागेज व्यवस्थापनलाई थप पारदर्शी, व्यवस्थित र यात्रुमैत्री बनाउन ब्यागेज ड्रप एरियाको लाइभ फिड अब आगमन कक्ष (अराइभल एरिया) को ब्यागेज क्लेम क्षेत्रमा उपलब्ध गराएको छ ।

उक्त व्यवस्था संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल ‘गनेस’को पहलमा सुरु गरिएको र उक्त व्यवस्थाबाट अन्तर्राष्ट्रिय उडानमार्फत नेपाल आउने यात्रुले विमानबाट झारिएको आफ्नो सामान ब्यागेज बेल्टसम्म आइपुग्ने प्रक्रियालाई प्रत्यक्ष अवलोकन गर्न सक्नेछन् ।

नयाँ सुरु गरिएकाे व्यवस्थाले यात्रुलाई आफ्नो सामानको अवस्थाबारे जानकारी लिन सहज बनाउनुका साथै ब्यागेज प्राप्त गर्न लाग्ने समयको अनुमान गर्न समेत सहयोग पुग्ने अपेक्षा गरिएको बताइएकाे छ ।

यसअघि विमानबाट झारिएको सामान ब्यागेज क्लेम क्षेत्रमा आइपुग्न कति समय लाग्छ भन्नेबारे यात्रुले प्रत्यक्ष जानकारी पाउने नभएकाे र सामानको प्रतीक्षामा यात्रुहरू अन्योलमा पर्ने तथा ब्यागेज व्यवस्थापन प्रक्रियाबारे पर्याप्त सूचना नहुँदा असहजता हुने गरेको थियो ।

नयाँ व्यवस्था पछि ब्यागेज ड्रप क्षेत्रमा भइरहेका गतिविधि आगमन कक्षबाटै हेर्न सकिने भएपछि यात्रुको प्रतीक्षा थप सहज र व्यवस्थित हुने विश्वास गरिएको छ । पछिल्लो समय मन्त्री पौडेलले विमानस्थलको सेवा सुधार, प्रविधिको उपयोग र यात्रुको सुविधालाई प्राथमिकतामा राख्दै विभिन्न पहल गर्दै आएका छन् ।

विमानस्थलमा प्रविधिको प्रयोग बढाउँदै सेवा प्रवाहमा पारदर्शिता कायम गर्ने यो प्रयासलाई यात्रु सेवाको गुणस्तर अभिवृद्धि गर्ने कदमका रूपमा हेरिएको छ भने यसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा अनुभवलाई थप प्रभावकारी, आधुनिक र यात्रुमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Page Views: 16
संबन्धित शिर्षकहरु
एनपिएलमा आज दुई वटा खेल हुने
हुम्लामा भूकम्प गयाे
रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिए
ताजा अपडेट
  • एनपिएलमा आज दुई वटा खेल हुने
  • हुम्लामा भूकम्प गयाे
  • त्रिभुवन विमानस्थलमा ब्यागेज ड्रप एरियाको लाइभ
  • रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिए
  • आजदेखि नेपालीको दोस्रो ठूलो चाड तिहार सुरु
  • सुनचाँदीको मूल्य बढ्याे
  • आज कांग्रेस पदाधिकारी बैठक बस्दै
  • आज र भाेलि राष्ट्र बैंकले सुन र चाँदी सिक्का बिक्री गर्दै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama