विश्व प्रसिद्ध पोर्चुगलका फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन् । हिजाे बिहीबारसम्म पोर्चुगलका लागि ४१ वर्षीय रोनाल्डोले २३४ खेल खेलेमा १४६ गोल गरेका छन् ।
गत महिना राष्ट्रिय प्रशिक्षक जर्ज जेसससँग मतभेद भएपछि उनी टोलीको शिविरबाट तत्काल बाहिरिएका थिए । जेससले उनलाई नेसन्स लिगको एक खेलमा खेलाउन अस्वीकार गरेपछि उनीहरूबीच सम्बन्ध चिसिएको थियो ।
“पोर्चुगाली जनतालाई, हाम्रो राष्ट्रिय टोलीको नम्बर सातको जर्सी फिर्ता गर्ने दिन आएको छ,” रोनाल्डोले आफ्नो इन्स्टाग्राम अकाउन्टमा राखेको भिडियो सन्देशमा भनेका छन् । “मैले कहिल्यै यो मेरो मात्र हो भन्ने महसुस गरिनँ तर २३ वर्षसम्म यसलाई डोराउने, रक्षा गर्ने र विश्वभरका स्टेडियमहरूमा लिएर जाने विशेषाधिकार र जिम्मेवारी मैले पाएँ,” उनले थपेका छन् ।