Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, कार्तिक २१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

एनपिएलमा आज दुई वटा खेल हुने

- शुभ बिहानी / शुक्रबार, कार्तिक २१, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

नेपाल प्रिमियर लिग (एनपिएल) काे तेस्रो संस्करण अन्तर्गत आज दुई वटा खेल हुँदैछ । आज हुने पहिलो खेल सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स तथा दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स प्रतिस्पर्धा हुनेछ ।

सुदूरपश्चिम र कर्णालीबीचको खेल मध्यान्ह साढे १२ बजे तथा चितवन र पोखराबीचको खेल साँझ ५ बजेदेखि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । जारी एनपिएलमा कर्णालीले तीन खेल खेल्दा दुईमा जित र एक खेलमा मात्र हार व्यहोरेको छ । कर्णाली लगातार दुई जितपछि पछिल्लो खेलमा काठमाण्डु गोर्खाजविरुद्धकाे खेलमा पराजित भएको थियो ।

आज कर्णालीले सुदूरपश्चिमलाई हराएर तेस्रो जित निकाल्ने योजनामा छ भने सुदूरपश्चिम लगातार दोस्रो जितको खोजीमा रहेकाे छ । सुदूरपश्चिमले चार खेल खेल्दा दुईमा जित र दुई खेलमा हारको सामना गरेको थियाे भने आज कर्णालीलाई हराएर अंक तालिकामा सुधार गर्ने योजनामा रहेकाे छ ।

आजको दोस्रो खेलमा प्रतिस्पर्धा गर्ने पोखरा अहिलेसम्म जितविहीन रहेकाे छ । उसले तीन खेल खेल्दा सबै खेलमा हारको सामना गरेको छ । कुशल भूर्तेल नेतृत्वको पोखरा आज चितवनलाई हराएर जितको खाता खोल्ने योजनामा रहेकाे छ ।

चितवन कमजोर देखिएको पोखराविरुद्ध जित दर्ता गरेर प्लेअफ सम्भावना बलियो बनाउने लक्ष्यमा छ । चितवनले चार खेल खेल्दा दुई खेलमा जित, एकमा हार तथा एक खेलमा वर्षाका कारण अंक बाँडेको थियाे ।

जारी संस्करणको एनपिएलमा आठ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् भने फाइनल खेल मंसिर ५ गते हुनेछ ।

Page Views: 19
संबन्धित शिर्षकहरु
हुम्लामा भूकम्प गयाे
त्रिभुवन विमानस्थलमा ब्यागेज ड्रप एरियाको लाइभ
रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिए
ताजा अपडेट
  • एनपिएलमा आज दुई वटा खेल हुने
  • हुम्लामा भूकम्प गयाे
  • त्रिभुवन विमानस्थलमा ब्यागेज ड्रप एरियाको लाइभ
  • रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिए
  • आजदेखि नेपालीको दोस्रो ठूलो चाड तिहार सुरु
  • सुनचाँदीको मूल्य बढ्याे
  • आज कांग्रेस पदाधिकारी बैठक बस्दै
  • आज र भाेलि राष्ट्र बैंकले सुन र चाँदी सिक्का बिक्री गर्दै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama