Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, बैशाख १६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कोशी, मधेश, वागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा अधिक वर्षा हुने

- shuvadmin / सोमबार, साउन १४, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, मुलुकका कतिपय स्थानमा अहिले वर्षा भइरहेको छ । बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा, कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको हो ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

त्यस्तै राती पनि देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा अधिक वर्षा हुने विभागको अनुमान छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम ३१ दशमलव ३ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।

काठमाडौंमा पछिल्लो २४ घण्टामा ३३ दशमलव ५ मिलिमिटर वर्षा भएको छ यो अवधिमा सबै भन्दा धेरै लुम्लेमा १४१ दशमलव ९ मिलिमिटर वर्षा भएकोे विभागले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

Page Views: 25
संबन्धित शिर्षकहरु
त्रिपुरासुन्दरीमा पनि डोजर चलाउने तयारी
सेनाले यसकारण माग्यो सुकुम्बासीको विवरण
प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा कविता महोत्सव, उत्कृष्टलाई ५० हजार
ताजा अपडेट
  • त्रिपुरासुन्दरीमा पनि डोजर चलाउने तयारी
  • सेनाले यसकारण माग्यो सुकुम्बासीको विवरण
  • प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा कविता महोत्सव, उत्कृष्टलाई ५० हजार
  • बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द
  • विश्वकप लिग–२ मा नेपालले ओमानसँग खेल्दै
  • हावाहुरीसहित वर्षाकाे सम्भावना
  • आजदेखि नयाँ शैक्षिकसत्र सुरु
  • सिरहाकाे नेपाल-भारत सीमाबाट लाखाैँकाे सामग्री बरामद

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama