Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ३२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

ताप्लेजुङको सुकेटार विमानस्थलमा तीन महिनापछि उडान सुरु

- shuvadmin / बुधबार, भदौ १९, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

ताप्लेजुङ, ताप्लेजुङको सुकेटार विमानस्थलमा उडान सुरु भएको छ ।

प्रतिकूल मौसमका कारण उडान बन्द भएको तीन महिनाभन्दा बढी समयपछि सुकेटारमा नेपाल वायुसेवा निगमले उडान सुरु गरेको हो ।

मौसममा सुधार आउन थालेसँगै बुधबारदेखि उडान सुरु भएको ताप्लेजुङस्थित नेपाल वायुसेवा निगमको स्टेसन कार्यालय इन्चार्ज नारायणकुमार कार्कीले जानकारी दिए ।

इन्चार्ज कार्कीका अनुसार नेपाल वायुसेवा निगमले ताप्लेजुङका लागि पछिल्लो केही साता अघिदेखि नै उडान तालिका राखेको भएपनि मौसम उपयुक्त नहुँदा उडान भएको थिएन ।

मौसममा पूर्ण सुधार आइनसकेको भए पनि बुधबार भने निगमको उडान गर्न सफल भएको उनले बताए ।

अब निगमको तालिकाअनुसार यही भदौ ३० गते ९सेप्टेम्बर १५० सम्म हप्ताको एकदिन बुधबार र त्यसपछि यात्रुको चापलाई हेरेर सुकेटारमा उडान सञ्चालन गर्ने निगमको तयारी रहेको पनि कार्कीले जानकारी दिए ।

बर्खायाम सुरु भएपछि गत जेठ ११ गतेदेखि सुकेटार विमानस्थलमा उडान बन्द भएको थियो ।

रिब तीन महिना आठ दिनपछि उडान सुरु भएको र जिल्लास्थित स्टेसन कार्यालयका अनुसार बुधबार पहिलो उडान भएकाले काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ दुवैतर्फ विमानको पूर्ण क्षमतामा यात्रु थिएनन् ।

आउँदो उडानका लागि भने यात्रुले सम्पर्क गरिरहेका स्टेसन इन्चार्ज कार्कीले जानकारी दिए ।

उडान सुरु भएपछि नजिकिएको दसैँ तिहारजस्ता चाडपर्व र पर्यटकीय मौसम पनि सुरु भएकाले यात्रुलाई सुविधा हुने अपेक्षा गरिएको छ ।

निगमले नियमित उडान सञ्चालन गरेर ताप्लेजुङ आउने पर्यटक तथा सर्वसाधारण यात्रुलाई सुविधा दिनुपर्ने जिल्लावासीको भनाइ रहेको छ ।

यता सुकेटार विमानस्थलमा एकमात्र नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजले उडान भर्दै आएको छ ।

निगमका अनुसार ताप्लेजुङ–काठमाडौँका लागि पछिल्लो भाडादर भने प्रतिव्यक्ति नौ हजार ४७६ रुपियाँ छ ।

Page Views: 61
संबन्धित शिर्षकहरु
सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
आज कुन-कुन तरकारी सस्तियाे
सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
ताजा अपडेट
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे
  • मनसुनको प्रभावसँगै विभिन्न स्थानमा भारी वर्षा हुने
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama