Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ११, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सन्तोषनारायण श्रेष्ठ नियुक्त भए धितोपत्र बोर्डको अध्यक्ष

- shuvadmin / सोमबार, मङि्सर १०, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, सरकारले धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।

विद्युत् प्राधिकरणको सञ्चालक समेत रहेका श्रेष्ठ व्यवसायि हुन् । बोर्ड २०८० साल पुस २० देखि नेतृत्वविहीन थियो ।

तत्कालीन अध्यक्ष रमेश हमालको दुई वर्षे कार्यकाल २०८० पुस २० गते सकिएको थियो ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ मा नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त भएमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले बोर्डको अध्यक्ष हैसियतमा काम गर्ने व्यवस्था छ ।

त्यसैअनुसार नयाँ अध्यक्ष नियुक्त नहुन्जेल अर्थमन्त्रालयले कर्मचारीलाई नै अध्यक्षको हैसियतमा पठाउँदै आएको थियो । अब भने बोर्डले नयाँ अध्यक्ष पाएको हो ।

हमालको कार्यकाल सकिएपछि २०८० माघ ३ गते सरकारले राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो ।

सो समितिले फागुन १४ गते सूचना जारी गर्दै अध्यक्षमा दरखास्त आह्वान गरेको थियो । अध्यक्षका लागि फागुन ३० गतेसम्म १९ जनाले आवेदन दिए । सोमध्ये ५ जना सर्टलिस्ट परे ।

सर्टलिस्टमा परेका ५ जनालाई असारको पहिलो साता अन्तरवार्ताका लागि बोलाइयो । तर, सन्तोषनारायण श्रेष्ठ र मुक्ति श्रेष्ठ मात्रै अन्तरवार्ताका लागि आएका थिए ।

सर्टलिस्टमा परेकाहरुमध्ये चिरञ्जीवी चापागाईँ, कृष्णबहादुर कार्की र नवराज अधिकारी आएनन् ।

अन्तरवार्तामा ३ जना सहभागी नभएपछि धितोपत्र बोर्ड ऐन २०६३ का अनुसार बोर्डको अध्यक्षका तीनजनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नुपर्ने व्यवस्था छ ।

२ जना मात्रै अन्तर्वार्तामा आएपछि ३ जनाको नाम सिफारीस गर्न नमिलेपछि पुनः अध्यक्ष छनौट समितिले असार दोस्रो साता एक सूचना जारी गर्दै अध्यक्ष नियुक्ति सम्बन्धी सम्पूर्ण प्रक्रिया रद्ध गरेको थियो ।

Page Views: 47
संबन्धित शिर्षकहरु
सुनचाँदी दुवैको मूल्य घट्याे
जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प गयाे
ताजा अपडेट
  • सुनचाँदी दुवैको मूल्य घट्याे
  • जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प गयाे
  • गर्मीका कारण विद्यालय बन्द
  • फिफा विश्वकपमा १२ टोली ‘नकआउट’ चरणमा प्रवेश
  • रास्वपाकाे प्रथम महाधिवेशनमा मतदान जारी
  • के छ चौरीदेउराली गाउँपालिकाको नीति तथा कार्यक्रममा ?
  • नेपालमा कफी संस्कृतिको विकासमा “बीन टु ब्रु बरिस्ता तालिम” को योगदान

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama