Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, साउन १०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

ताप्लेजुङको फलेटार र घुन्सा क्षेत्रमा स्याउखेती परीक्षण

- shuvadmin / बुधबार, मङि्सर १२, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

फुङ्लिङ, फक्ताङलुङ गाउँपालिका- ६ घुन्सा र फलेटारका स्थानीय र केही संस्थाले परीक्षणका रूपमा स्याउखेती गर्न थालेका छन् ।

ग्याप्ला र फलेटार क्षेत्रमा विगतदेखि नै स्याउखेती हुँदै आएको भएपनि घुन्सामा परीक्षण गरिएको हो ।

इटालीबाट आयात गरिएका ‘फुजी’ र ‘गोल्डेन डेलिसियस’ प्रजातिका विरुवाले पहिलो पटक फल दिएका छन् । विरुवामा फल लागेपछि किसानहरू उत्साहित भएका छन् ।

मनाङ एग्रो फार्मको समन्वयमा विरुवा ल्याएर परीक्षणका रूपमा रोपिएका र फल लागेकामा दङ्ग स्याउ किसान मिङ्मा शेर्पाले व्यवसायिक रूपमा स्याउखेती गर्न सकिने बताए ।

फलेटार र घुन्सामा दुई रोपनी जग्गामा नमुना स्याउ बगैंचा विस्तार गरिएको छ ।

स्वीट्जरल्यान्डको टोली, स्थानीय समुदाय र पुतली सहयोग योजना नामक संस्थाको साझेदारीमा नमूना स्याउ बगैंचामा दिगो पर्यावरणीय कृषि प्रणाली कार्यक्रमअन्तर्गत नमुना स्याउ बगैंचा सुरु गरिएको पुतली सहयोग योजना संस्थाका जिल्ला कार्यक्रम संयोजक दावाछिरिङ शेर्पाले बताए ।

शेर्पाका अनुसार परियोजनाले स्याउ उत्पादनमात्र नभएर अन्य कृषि उपजका माध्यमबाट किसानलाई आर्थिक रूपमा सशक्त बनाउन स्याउखेती गर्न थालिएको हो ।

घुन्सा स्याउ नमुना बगैंचामा ६० वटा जापनिज फुजी (पोथी) , १० वटा गोल्डेन डेलिसियस (भाले) र १० काला (भाले) प्रजातिका स्याउका विरुवा फल्ने क्रममा रहेको संयोजक शेर्पाले बताए ।

स्याउ बगैंचामा जैविक विविधता कायम गर्न पाँच घार मौरी र कुखुरापालन गरिएको संस्थाले जनाएको छ ।

फलेटार क्षेत्रमा रहेको नमूना स्याउ बगैंचामा उस्तै प्रकार स्याउका विरुवा लगाइएको छ । संस्थाले स्याउ बगैंचा हेरचाहका लागि एक जना कृषि प्रविधिक राखेको छ । अन्य सहयोगीको समेत व्यवस्था गरिएको छ ।

स्याउखेतीको सम्भाव्यता अध्ययन गर्न फलेटार र घुन्साको माटो तीन वर्षअघि स्वीट्जरल्यान्डमा परीक्षण भएको थियो ।

यस वर्ष परीक्षणका रूपमा ४०/४० विरुवा रोपिएको छ । प्रारम्भिक नतिजाले स्याउखेती सफल हुने सङ्केत दिएको छ ।

तर, पूर्ण रूपमा खेती सफल हुन ३ वर्षसम्मको परीक्षणलाई पर्खनुपर्ने पुतली सहयोग योजनाले जनाएको छ ।

स्याउखेती गरिएका क्षेत्रमा कुखुरा र मौरीपालन गरिएको छ । कुखुराको मलले माटो उर्वर बनाउन सहयोग पुर्‍याएको छ ।

मौरीले स्याउका फूलको परागसेचनमा योगदान दिएको छ । तर, हिउँदमा अत्यधिक चिसोका कारण मौरीपालनमा चुनौती छ ।

रासस

Page Views: 75
संबन्धित शिर्षकहरु
नेपालको पहिलो ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ उद्घाटन गरिँदै
बुद्ध एयरले ल्यायाे एटीआर–७२–६०० विमान
सरकारी टाेली अनशनरत केसीसँग वार्ता गर्न धनगढी पुग्याे
ताजा अपडेट
  • नेपालको पहिलो ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ उद्घाटन गरिँदै
  • बुद्ध एयरले ल्यायाे एटीआर–७२–६०० विमान
  • सरकारी टाेली अनशनरत केसीसँग वार्ता गर्न धनगढी पुग्याे
  • ट्राफिक नियम उलंधन गर्ने माथि कडा निगरानी
  • आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने
  • आज सुनचाँदीको मूल्य घट्याे
  • मधेसमा धान रोपाइँ अन्तिम चरणमा
  • आजका लागि विदेशी मुद्राको विनिमय दर

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama