Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

धादिङको बेनीघाट गाउँपालिकामा पनि मनाइयो लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

- shuvadmin / बुधबार, मङि्सर २६, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

धादिङ, हरेक वर्ष अंग्रेजी महिनाको नोभेम्बर २५ देखि डिसेम्बर १ सम्मको १६ दिनलाई लैङ्गिक हिंसा विरुद्धको अभियानको रुपमा विश्वभर मनाउने प्रचलन रहेको छ ।

नेपालमा प्रत्येक वर्ष यस अभियानलाई सार्थक बनाउन सरकारी तथा गैरसरकारी निकायबाट विभिन्न कार्यक्रम गरी मनाउने गरेका छन् ।

यसै सन्दर्भमा धादिङको बेनीघाट गाउँपालिकामा पनि १६ दिने अभियानको अवसर पारेर बिबिध कार्यक्रमको आयोजना गरेको थियो

राष्ट्रिय नारा “हामि सबैको प्रतिवद्धतास्लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यवद्धता” तथा अन्तराष्ट्रिय नारा “Towards 30 years of the Beijing Declaration and Platform for Action: Unite to End Violence Against Women” का साथ मनाइयो ।

लैं‌ङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समुद्घाटन कार्यक्रम वडा नं। ७, चरौदीमा गा.पा. अध्यक्ष श्री कृष्णबहादुर थपालिय ९विवेक० लगायत स्थानीय जनसमुदायको सहभागितामा दीप प्रज्वलन गरी गरियो ।

लैं‌ङ्गिक हिंसा विरुद्ध‌को १६ दिने अभियानलाई प्रभावकारी बनाउनको लागि वडा सचिवहरुलाई भर्चुअल माध्यमबाट अभिमुखीकरण कार्यक्रम सम्पन्न गरियो।

लैं‌ङ्गिक हिंसा न्यूनीकरण सम्बन्धमा जनप्रतिनिधि, महिला समूह, आमा समूह लगायत महिला रक्षक सञ्जालका प्रतिनिधिहरुको सक्रिय सहभागितामा छलफल तथा अन्तरक्रिया कार्यक्रम यस पालिकाको सभा हलमा गरिएको थियो ।

उक्त छलफलले पालिकाका जनप्रतिनिधि विशेष गरी वडा सदस्य र पालिकाका कर्मचारीमा लैंगिक सवालमा संवेदनशीलता अभिबृद्धि भएको विश्वास गर्न सकिन्छ।

यस बेनीघाट रोराङ गाउँपालिकाद्वारा लैंङ्गिक हिंसा निवारणलाई विशेष प्राथमिकतामा राखिएको छ। सो सम्बन्धमा निर्वाचित जनप्रतिनिधिको विशेष चिन्ता र चासो रहेको छ।

यस आ।व को १६ दिने अभियानको क्रममा सञ्चालित कार्यक्रममा विविधता, ब्यापक जनसहभागिता तथा पृथकता रहेको पाइयो। यद्यपि महसुस गरिएका माथि उल्लिखित सुधार गर्नुपर्ने पक्षलाई आगामी वर्षमा सम्बोधन गर्दै यस किसिमका कार्यक्रमलाई थप ब्यवस्थित र प्रभावकारी बनाउनु उचित हुनेछ।

यस वर्षको अभियानमा समन्वयको भूमिका निर्वाह गर्ने महिला अधिकार रक्षक सञ्जाल, आमा समूह, सहकारी संस्था लगायत सहभागी सबै सरोकारवालमा बेनीघाट रोराङ गाउँपालिका हार्दिक कृतज्ञता ब्यक्त गर्दछ र यस्ता कार्यक्रममा सबैको सहभागिता सुनिश्चित गर्दै अघि बढ्ने प्रण गर्दछ।

जनचेतनामुलक प्रभात फेरी

लैं‌ङ्गिक हिंसा विरुद्ध चेतना जोगाउने उद्देश्यले जनप्रतिनिधिहरु, राजनीतिक दल, सामाजिक अगुवा, कर्मचारी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, शिक्षक, विद्यार्थी, आमा समूहका पदाधिकारीहरु लगायतको उल्लेखनीय सहभागितामा गाउँपालिकाको कार्यालयबाट सुरु गरिएको थियो र विशालटार बजार परिक्रमा गरी प्रभात फेरी कार्यक्रम सम्पन्न गरियो ।

निबन्ध प्रतियोगिता
लैं‌ङ्गिक समानता नैसर्गिक अधिकार शीर्षकमा आयोजित माध्यमिक विद्यालय स्तरीय (९-१०) निबन्ध प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्न विद्याथीहरु क्रमशः श्री सन्तोषी सुर्खेती (चन्द्रोदय मा.वि. बेनीघाट), उमिद थपलिया (राइजिङ स्टार इङलिस बोर्डिङ स्कुल चरौदी) रोमन श्रेष्ठ (ब्राइट फ्युचर मा।वि। मलेखु) र रोमन श्रेष्ठ (राष्ट्रिय मा.वि. खोरभञ्जयाङ) सफल भएका छन्।

विद्यालयमा लैङ्गिक हिंसा विषयमा पठन पाठन

विद्यालयस्तरदेखि नै बालबालिका तथा किशोर किशोरीमा लैङ्गिक हिंसा सम्बन्धी ज्ञान र सचेतना अभिबृद्धि गर्न यस बेनीघाट रोराङ गाउँपालिकाले मिति २०८१/८र ०७ गते कक्षा ६ देखि माथिका सबै कक्षामा (पहिलो घण्टी) लैङ्गिक हिंसा सम्बन्धी कक्षा सञ्चालन गर्ने निर्णयानुसार पालिकाका सबै विद्यालयहरुलाई सो विषयमा तयार पारिएको सन्दर्भ सामाग्री सहित पत्राचार गरिएको थियो।

सो विषयमा विद्यालयको स्टाफ बैठक राखी छलफल गर्न, सो सम्बन्धी थप अध्ययन गर्न र कक्षा सञ्चालनको लागि भिककयल उबिललष्लन र पठनपाठन सामाग्री निर्माणको लगायतको तयारीको लागि अनुरोध गरिएको थियो।

साथै सो विषयमा विद्यार्थीलाई अतिरिक्त एवम् रचनात्मक प्रस्तुती गीत, कविता, संवाद लेखनको लागि प्रोत्साहन गर्न समेत भनिएको थियो।

पालिकाको अनुरोधमा विद्यालय स्तरमा समेत विविध कृयाकलापसहित लैंगिक हिंसा सम्बन्धी अभियान सञ्चालन गरिएको छ।

वडास्तरमा विविध कार्यक्रम
१६ दिने अभियानको शिलशिलामा वडास्तरमा कार्यक्रम गर्न निर्देशित गरे बमोजिम प्रत्येक वडामा आमा समूह, विद्यालय, शिक्षक, महिला स्वास्थ्य स्वयम् सेविका लगायतका समाजका अगुवा र अभियन्ता समेतको सहभागितामा विविध कार्यक्रम सञ्चालन भएका छन्।

प्रभात फेरी र लैङ्गिक हिंसा न्युनीकरण र रोकथाम विषयमा लोक गीत प्रतियोगिता, अन्तर्कृया एवम् जनप्रतिनिधि र सरोकारवाला बीच छलफल र संवादका कार्यक्रम सञ्चालन गरिएको छ। यस कार्यमा वडा सचिव तथा वडा अध्यक्षको विशेष सकृयता एवम् सहभागिता रहेको थियो।

समापन
१६ दिने अभियानको क्रममा पालिकामा तय गरिएको विविध कार्यक्रमको समीक्षा गरी यस अभियानको समापन कार्यक्रम मिति २०८१/८/२५ गते गाउँपालिका प्राङ्गणमा आयोजना गरियो।

कार्यक्रममा महिला अधिकार रक्षक सञ्जालको तर्फबाट संगिता कडेल दीपाले यस पटकको १६ दिने अभियान रचनात्मक कार्यक्रमसहित सञ्चालन भएको उल्लेख गर्नु भयो।

पृथक शैलीमा कार्यक्रम सम्पन्न भएकोमा हर्ष ब्यक्त गर्दै महिलाको आर्थिक सशक्तिकरण गर्दै आगामी दिनमा पालिका अगाडि बढ्नु पर्नेमा जोड समेत दिनु भएको थियो।

मन्तब्यकै क्रममा वडा नं २ का वडा अध्यक्षले सामान्य घरायसी विवाददेखि लैङ्गिक हिंसाका घटनामा संलग्न रहनुपर्ने र यी विषयको सम्बोधन र समाधान जटिल भएकोले जनप्रतिनिधिलाई विशेष किसिमको तालीम तथा सहायता प्रणालीको ब्यवस्था हुनु आवश्यक भएको बेहोरा औल्याउनु भयो।

अभियानको सबल पक्ष
यस चालू आ।व २०८१ मा १६ दिने अभियान अन्तर्गत सञ्चालित पृथक एवम् विविध कार्यक्रमका सकारात्मक पक्ष तपशिल बमोजिम उल्लेख गर्न सकिन्छ।

ड्ड सबै कार्यक्रममा वडादेखि गाउँपालिका कार्यालयसम्म यात्रा गर्नु विकटका वडाका लागि समय र लागतको हिसाबले खर्चिलो हुन आउँछ। यसले वडाको सेवा प्रवाह समेत प्रभावित हुन सक्दछ।

अतः वडास्तरमा लैङ्गिक हिंसा सम्बन्धी सञ्चालन गर्ने कार्यक्रमको ढाँचा एवम् अपेक्षित उपलब्धी विषयमा सबै वडा सचिवलाई भर्चुअल माध्यमबाट अनुशिक्षण गरिएको थियो।

सेवा प्रवाह र कार्य सम्पादनमा प्रविधिमैत्री बन्दै पालिका यसरी नै अघि बढनु पर्दछ।

वडा नं ६ का वडा सचिव गोकर्ण अर्याल तयारी सहित स्वयम् पञ्चकन्या मा।वि स्यादुलमा गई लैंगिक हिंसा के हो, किन यसको न्युनीकरण आवश्यक छ लगायतका विषयमा कक्षा लिनु भएको थियो।

प्रत्येक वडाका वडा सचिवले जिम्मेवारीपूर्वक आफ्नो वडामा कार्यक्रम सञ्चालन गरेको पाइयो। यस्ता जनचेतनामूलक सामाजिक कार्यक्रममा वडा सचिवको सकृयताले उनीहरुमा आत्मविश्वास बढेको र यस अभियानप्रतिको अपनत्व भाव बढेको पाइयो।

ड्ड पालिकाका प्रत्येक वडामा प्रभात फेरी, जनचेतना केन्द्रित लोक साँस्कृतिक कार्यक्रममा उल्लेखनीय जनसहभागिता रहेको थियो।

वडास्तरका कार्यक्रममा किशोरी तथा महिलाले आफ्ना आवाज गीत संगीत मार्फत् बुलन्द रुपमा ब्यक्त गरेको पाइयो। वडा कार्यालय र वडा अध्यक्ष उनीहरुको लागि आफ्नो आवाज राख्ने केन्द्र बन्न पुग्यो।

आफ्ना मुद्दामा महिलाको अग्रसरताले महिला सशक्तिकरणमा टेवा पुर्याएको छ भन्न सकिन्छ। आमा समूहहरुले गाएका गीत र रचनाले गाउँ घर अनि बजारमा महिलाले भोगिरहेका दुःख पीडा हिंसाका कथा अनि सुनाए र हिंसा रोकथामको लागि खबरदारी समेत गरे।

किशोर तथा विद्यालयका छात्रको समेत सहभागिताले लैंगिक हिंसा महिलाको मात्र नभई सबैको समान चासो र चिन्ता रहेको सामाजिक मुद्दा हो भन्ने छाप कलिला बालक अर्थात् भोलिका पुरुषमा परेको पक्षलाई कदर योग्य नै मान्नु पर्दछ।

सुधार गर्न सकिने पक्ष
समापन कार्यक्रममा वडा सचिव, वडा अध्यक्ष लगायत सबै कर्मचारीको उपस्थितिमा गरिएको समीक्षा पश्चात् तपशिल बमोजिम सुधार आवश्यक छ भनी मनन गरिएको छ।

ड्ड वडास्तरमा लैङ्गिक हिंसा र यसको कानूनी उपचार रोकथाम नियन्त्रणको विषयमा विषयगत ज्ञान विज्ञमार्फत् वडा सचिव, वडा अध्यक्ष र आम जनसमुदायलाई दिन पनि आवश्यक देखियो।

सो को माग स्थानीय महिलाबाट समेत भएको पाइयो।आगामी वर्ष वडा सचिव र वडा अध्यक्ष केन्द्रित यस्ता तालीम राख्न सकिन्छ। तत् पश्चात् स्थानीय आमा समूह, महिला समूह मार्फत् तत् विषयमा अनुशिक्षण गर्न सकिन्छ।

ड्ड महिला तथा किशोरीको लागि १६ दिने अभियानलाई आफ्नो आवाज बुलन्द मनाउने अवसरको रुपमा निरन्तरता दिनु उपयुक्त छ।

गीत संगीतलाई आवाज उठाउने माध्यम बनाउन सकिन्छ।पुरुषको समेत यस्ता कार्यक्रममा उतिकै सशक्त सहभागिता सुनिश्चित गर्न आवश्यक छ।

ड्ड लैंगिक हिंसा र मानसिक स्वास्थ्य एक आपसमा परिपरक भएकोले मानसिक स्वास्थ्य प्रवर्धनका विविध कार्यक्रम स्वास्थ्य शाखाबाट सञ्चालन हुनु उपयुक्त हुने महशुस भएको पाइयो।

ड्ड कार्यक्रम सञ्चालन पश्चात् विस्तृत विवरण सहितको प्रतिवेदन सबै वडा कार्यालयले बनाउनु पर्ने र विषयगत यस्ता प्रतिवेदन मासिक प्रतिवेदनको हिस्सा बन्नु पर्दछ।

निष्कर्षः
यस बेनीघाट रोराङ गाउँपालिकाद्वारा लैंङ्गिक हिंसा निवारणलाई विशेष प्राथमिकतामा राखिएको छ।

सो सम्बन्धमा निर्वाचित जनप्रतिनिधिको विशेष चिन्ता र चासो रहेको छ। यस आ।व को १६ दिने अभियानको क्रममा सञ्चालित कार्यक्रममा विविधता, ब्यापक जनसहभागिता तथा पृथकता रहेको पाइयो।

यद्यपि महसुस गरिएका माथि उल्लिखित सुधार गर्नुपर्ने पक्षलाई आगामी वर्षमा सम्बोधन गर्दै यस किसिमका कार्यक्रमलाई थप ब्यवस्थित र प्रभावकारी बनाउनु उचित हुनेछ।

यस वर्षको अभियानमा समन्वयको भूमिका निर्वाह गर्ने महिला अधिकार रक्षक सञ्जाल, आमा समूह, सहकारी संस्था लगायत सहभागी सबै सरोकारवालमा बेनीघाट रोराङ गाउँपालिका हार्दिक कृतज्ञता ब्यक्त गर्दछ र यस्ता कार्यक्रममा सबैको सहभागिता सुनिश्चित गर्दै अघि बढ्ने प्रण गर्दछ।

Page Views: 54
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama