Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

बैंकर्स संघको नेतृत्वमा सन्तोष कोइराला निर्विरोध चयन

- shuvadmin / मङ्गलबार, पुष ०२, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला निर्विरोध चयन भएका छन् । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका कोइराला हाल संघको उपाध्यक्ष छन् ।

विगत १३ वर्षदेखि उपाध्यक्ष अर्को कार्यकाल स्वतः अध्यक्ष हुँदै आएकामा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले पनि अध्यक्षमा उम्मेदवारी दिएपछि चुनाव हुने लगभग तय भएको थियो ।

सोमबार उम्मेदवारीको अन्तिम दिन हालका अध्यक्ष सुनील केसी, पूर्व अध्यक्ष अशोक राणा, ज्ञानेन्द्र ढुंगाना र सुदेश खालिङले सहमतिका साथ अगाडि बढ्नका लागि शेरचनलाई अध्यक्षमा दाबी नगर्न आग्रह गरेका थिए ।

कोइराला र शेरचन उपस्थित नभएको बैठकमा दुवै पक्षले चार जनाले जे निर्णय गर्छन् त्यो मान्न राजी भएपछि सन्तोषको पक्षमा सहमति भएको हो ।

योसँगै यसपालि पनि बिना निर्वाचन बैंकर्स संघले निर्विरोध संघको कार्यसमिति चुनेको सन्देश दिएको छ ।

जसअनुसार उपाध्यक्षमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र रेग्मी हुनेछन् भने तीन जना रिक्त भएको सदस्यमा पुनः एभेरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डे र कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल आउने भएका छन् ।

संघको वार्षिक साधारण सभा बुधबार बस्दैछ । बुधबारै निर्विरोध निर्वाचित पदाधिकिारी एवं सदस्यहरुले औपचारिकता पाउने छन् ।

Page Views: 77
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama