Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नर्भिकमा नेपालमै पहिलो पटक पेटको सुन्निएका रक्त नलीको अत्याधुनिक प्रविधिद्वारा सफल उपचार

- shuvadmin / आइतबार, पुष ०७, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नर्भिक इन्टरनेशनल अस्पतालमा कलेजोका बिरामीमा देखा पर्ने पेटको सुन्निएको रक्त नली–ग्यास्ट्रिक फन्डल भ्यारेसको नेपालमै पहिलोपटक इन्डोस्कोपिक अल्ट्रासाउन्ड (इयुएस) गाइडेड ’क्वाइल एम्बोलाइजेशन’ प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको छ ।

अस्पतालका कन्सल्टेन्ट ग्यास्ट्रोइन्टेरोलिस्ट तथा हेपाटोलोजिस्ट डा.शेखर पौडेलको नेतृत्व तथा कन्सल्टेन्ट ग्यास्ट्रोइन्टेरोलिस्ट डा.सन्दीपराज कुँवरको सहयोगमा इयुएस गाडडेड क्वाइल एम्बोलाइजेशन प्रक्रिया सम्पन्न भएको हो ।

ग्यास्ट्रिक फन्डल भ्यारेस पेटको सुन्निएका रक्त नली हुन्, जुन प्रायः कलेजोको रोगका बिरामीमा देखा पर्छ।

यो अवस्था कलेजो रोग भएका बिरामीका लागि मृत्यु र गम्भीर स्वास्थ्य समस्याको प्रमुख कारणमध्ये एक मानिन्छ ।

समयमै उपचार नगरिएमा यी रक्त नलीहरू फाटेर जीवन जोखिममा पर्न सक्छ।

नेपालमा कलेजोको समस्या दिनानुदिन बढिरहेको अवस्थामा यस्तो प्रविधिको आवश्यकता झनै महत्त्वपूर्ण बनेको चिकित्सकहरूको भनाइ छ ।

यो अत्याधुनिक प्रक्रियामा, क्यामेरा र अल्ट्रासाउन्ड प्रविधि जडित पातलो ट्यूबमार्फत् सुन्निएका रक्त नलीमा साना धातुका क्वाइल राखिन्छ।

यी क्वाइलहरूले रक्त प्रवाह बन्द गरी भ्यारेसहरू फुट्नबाट बचाउँछन् ।

’क्वाइल एम्बोलाइजेशन’ को नेतृत्व गर्नु भएका डा.पौडेलले यो उपलब्धिले नेपालमा अत्याधुनिक उपचारको ढोका खोल्ने र धेरै जीवन बचाउन सहयोग गर्ने विश्वास व्यक्त गरे ।

त्यस्तै, डा. कुँवरले यो सफलता नेपालको चिकित्सा क्षेत्रमा ठुलो उपलब्धि भएको बताउनुभयो ।

यो सफलताले अत्याधुनिक स्वास्थ्य सेवामा नर्भिक अस्पतालको नेतृत्वदायी भूमिकालाई अझ प्रस्ट बताएको अस्पतालले जनाएको छ ।

Page Views: 65
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama