Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

रविसहित ३१ जनालाई तीन वटा मुद्दा दर्ता, पत्नी निकितालाई पनि बनाइयो प्रतिवादी

- shuvadmin / आइतबार, पुष ०७, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

पोखरा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध तीन ओटा मुद्दा दर्ता भएको छ । उनी पक्राउ परेको ९२ दिनपछि कास्की जिल्ला अदालतमा ३ ओटा कसूरमा मुद्दा दर्ता भएको हो ।

लामिछानेविरुद्ध कास्की अदालतमा अभियोग दर्ता भएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी सूचना अधिकारी शान्तिदेवी शर्माले जानकारी दिइन् ।

उनका अनुसार लामिछानेविरुद्ध सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा मुद्दा दर्ता भएको हो । उनी सहित ४४ जनालाई विपक्षी बनाइएको छ ।

सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परी ३ गतेदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेविरुद्ध अदातलमा मुद्दा दर्ता भएको हो ।

जिल्ला प्रहरी कार्यालयले गत पुस १ गते उनीमाथि छानबिन सकिएको भन्दै सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

सो प्रतिवेदनमा लामिछाने, गोर्खा मिडिया प्रालिका पूर्व सञ्चालक छविलाल जोशी लगायतविरुद्ध १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने प्रहरीको राय सरकारी वकिलको कार्यालयमा पुगेको थियो ।

सहकारी ठगीमा लामिछानेमाथिको अनुसन्धान सकिए पनि प्रतिवेदन अध्ययनको काम भइरहेको भन्दै गत पुस १ गतेदेखि चार दिनको म्याद अदालतले थपेको थियो ।

चार दिनको म्याद गत शुक्रबार सकिए पनि शनिबार सार्वजनिक बिदा भएकाले आज मात्रै अदालतमा मुद्दा दर्ता गरिएको हो ।

कानून बमोजिम ९० दिनभित्र अभियोजन गरिसक्नुपर्ने भएकाले अभियोजन गर्न आजसम्म समयसीमा भएकाले आजै मुद्दा दर्ता भएको कास्की प्रहरीले जानकारी दिएको छ ।

मुद्दा दर्ता भएसँगै उनलाई हिरासतमै राखेर कारबाही प्रकिया अगाडि बढाउने कि तारेखमा राखेर गर्ने भन्ने निर्णय अदालतले गर्नेछ ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेकी पत्नी निकिता पौडेललाई पनि प्रतिवादी बनाइएको छ।

उनलाई मुख्य कसुरमा नभई सम्पत्ति जफतका लागि प्रतिवादी बनाइएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जनाएको छ।

सम्पत्ति जफतका लागि निकितासँगै पद्‌मा बन्जाडे, रोचक जोशी, राधा पछाई, मिना पछाईलाई प्रतिवादी बनाइएको अभियोग पत्रमा उल्लेख छ। उनीहरूको हकमा अदालतबाटै कानून बमोजिम हुने भनिएको छ।

लामिछानेले यसरी ठगी गरेको रकम निकिताको खातामा जम्मा गरेको अभियोग छ। निकिताका नाममा भएको सम्पत्ति समेत जफत गर्न माग गरिएको हो।

Page Views: 67
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama