Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

युवा पलायनले विपदमा गाउँ, बिरामी बोक्न महिलाकै भर

- shuvadmin / सोमबार, पुष १५, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

मुगु, गत बुधबार सामाजिक संजाल फेसबुकमा एक कारुणिक दृश्य देखियो । जुन दृश्य मुगु जिल्लाको पश्चिम खत्याड गाउँपालिका-४ माझचौर भन्ने स्थानको थियो ।

एउटा स्टेचरमा ४ /५ जना अधबैंसे महिलाले बिरामी बोकेर माझचौरस्थित एक निजी औषधि पसलतर्फ लग्दै थिए । पालिकाकै वडा नम्बर-३ माथिखर्क गाउँका स्थानीय महिलाहरु थिए ।

खत्याड गाउँपालिका-३ माथिखर्क गाउँकि ७० वर्षकी पन्चा टमटा दमले थला परेर गाउँमा उपचार सम्भव नभएपछि उनलाई गाउँकै ४-५ जना महिला मिलेर उपचारको लागि बोकेर औषधि पसल पुगाएर उपचार गराएका थिए ।

खत्याड(४ माझचौरमा देखिएको त्यो दृश्य बिरामी बोकेकी नजिकैको खर्कगाउँकी महिलाको हो ।

करिब डेढ घण्टाको पैदल दूरीमा रहेको यस गाउँदेखि ४-५ जना महिलाले स्टेक्चरमा बिरामी बोकी उपचार गराउन मेडिकल पुगेको सम्भवतः जिल्लाको लागि पहिलो घटना हो ।

उक्त दृश्य माझचौर मै स्टेसनरी पसल गर्दै आएका खत्याड-११ रातापानीका कमल कार्कीको आँखामा ठोकियो ।

उनले तस्बिर खिचे अनि फेसबुकमा पोष्ट गर्दै यस्तो लेख्छन्दे, शको अवस्था यतिसम्म भैसकेछ जबकि गाउँमा कोही बूढापाका बिरामी हुँदा पनि बोकेर स्वास्थ्य चौकीसम्म लिन बोक्नलाई युवाहरू छैनन् ।

हुन त कसरी गाउँमा युवाहरु बसुन रोजगारी छैन, श्रम गरेर खान पुग्दै काम गरेनी १/२ बर्ष सम्म ज्याला मिल्दैनस अनि कसरी गाउँमा बस्ने ? कसरी परिवार पाल्ने ? देशका ७५३ स्थानीय तहका वडा देखि केन्द्र सम्म भ्रष्टाचारि नेतालाई पालनपोषण गर्न सबै पार्टी लागि पर्ने, अनि कसरी देश अगाडि बढ्ला अबको एक वर्षपछि गाउँमा युवा देखियो भने कि त्यो नेताको गुलाम होस कि त अशक्त छ भनेर बुज्दा हुन्छ ।

अनि बुडापाका घरभित्रै मरेर कुहिने अवस्था हुन्छ । के बिजोक देख्नु यी आँखा ।

खत्याड गाउँपालिका-३ माथिखर्क गाउँकी ७० वर्षकी पन्चा टमटा दमले थला परेर गाउँमा उपचार नभएपछि उनलाई गाउँकै ५ जना महिलाले बोकेर औषधि पसल पुर्याएर उपचार गराएकी छिन् ।

यस विषयमा उनका छोरा चन्द्रबहादुर बिकलाई फोन गरि बुझ्दा उनी भन्छ्न्, म माझचौरमा पसल गरेर बस्छु ।

घरमा आमा दमले थला परेको थाहा पाएपछि आमाको उपचारको लागि घर गए । गाउँमा युवाहरू कोही छैनन् ।

सबै रोजगारीको लागि भारततिर गएका छ्न् । उनले दुखेसो सुनाए, बिरामी आमालाई एक्लै बोक्न सम्भव नभएपछि गाउँकै महिला दिदीबहिनीहरुले बोकेर मेडिकलसम्म पुर्याउन सहयोग गर्नुभयो ।

यति मात्रै होइन आमाको उपचार पछि पुनस् डेढघण्टा महिलाहरूले नै बोकेर घरमै पुर्याएको छोरा चन्द्रबहादुरले सुनाए, यो कुनै रहर नभएर बाध्यता हो । ६० घरधुरी रहेको माथिखर्क गाउँमा दलित बस्ती यतिबेला युवाविहीन जस्तै छ ।

खर्क गाउँ त एक नमूना मात्र हो । दशै, तिहार र कात्तिकको काम सकेर युवाहरू मजदुरीका लागि भारततिर पसे ।

मुगुका प्रायः गाउँहरु युवाविहीन छ्न् । गाउँमा कोही बिरामी परे,कसैको मृत्यु भए बोक्ने युवा शक्ति नहुँदा महिलाहरुले नै बोक्न पर्ने अवस्था छ ।

आज गाउँमा यस्तै दर्दनाक अवस्था छस राज्य कानमा तेल हालेर बसेको जस्तै महसुस स्थानीयले गरेका छ्न् ।

Page Views: 63
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama