Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख १८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पाथिभरामा ३४ लाख भेटी सङ्कलन

- shuvadmin / शनिबार, कार्तिक ०२, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

ताप्लेजुङ, ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा असोज महिनामा करिव २३ लाख रुपियाँ भेटी रकम सङ्कलन भएको छ ।

एक महिनाको अवधि अर्थात असोजमा उक्त भेटी रकम सङ्कलन भएको हो ।

पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको विवरण अनुसार असोज महिनामा कुल ३३ लाख ८२ हजार रुपियाँ भेटी रकम सङ्कलन भएको छ ।

समितिले सङ्कलन गरेको उक्त रकम पाथीभरा दर्शनमा आएका भक्तजनले दान गरेको र भेटीबापत चढाएका रकम हो ।

भेटी विवरण समितिले शुक्रबार साँझ सार्वजनिक गरेको हो ।

समितिले सार्वजनिक गरेको असोज महिनाको भेटी रकम भदौकोभन्दा तेब्बर बढी रहेको छ ।

समितिका अनुसार गत भदौ महिनामा नौ लाख ९७ हजार रुपियाँ मात्र भेटी सङ्कलन भएको थियो ।

समितिका अध्यक्ष रक्कीले दशैं तिहारको समय पाथीभरा दर्शन गर्ने मुख्य सिजन भएकाले असोजमा भक्तजनको आगमन बढेको र सोहीअनुसार भेटी रकम पनि बढेको बताए ।

यता असोज महिनामा २९ हजार १७४ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन् ।

समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार भदौ महिनामा चार हजार ५०३ जना भक्तजनले मात्र पाथीभरा दर्शन गरेका थिए ।

अहिले पाथीभरा दर्शन गर्ने मुख्य मौसम भएकाले बाक्लै सङ्ख्यामा भक्तजनको आउजाउ भइरहेको कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिए ।

पाथीभरा दर्शनमा नेपालका विभिन्न जिल्ला र छिमेकी देश भारतको सिक्किम, दार्जिलिङ, पश्चिम बङ्गाल लगायतका ठाउँबाट भक्तजन आइरहेका समितिले जनाएको छ ।

Page Views: 31
संबन्धित शिर्षकहरु
पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
आज २५७०औँ बुद्ध जयन्ती
आज नेपाल र यूएई भिड्दै
ताजा अपडेट
  • पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
  • आज २५७०औँ बुद्ध जयन्ती
  • आज नेपाल र यूएई भिड्दै
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने
  • त्रिपुरासुन्दरीमा पनि डोजर चलाउने तयारी

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama