Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

विवाह पञ्चमीको अवसर पारेर दक्षिणाकाली नगरपालिका वडा नं ४ बाँसवारीमा सीताराम मन्दिरको प्राण प्रतिष्ठा

- shuvadmin / बिहिबार, मङि्सर १२, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, विवाह पञ्चमीको अवर पारेर दक्षिणाकाली नगरपालिका वडा नं ४ बाँसवारीमा सीताराम मन्दिरको प्राण प्रतिष्ठा गरिएको छ ।

दक्षिणकाली नगर क्षेत्रमा धार्मिक तथा पर्यटन प्रर्वधन गर्न मन्दिरको प्राण प्रतिष्ठा गरिएको हो ।

काठमाडौंकोे दक्षिण क्षेत्रमा रहेको दक्षिणकाली नगरपालिका ऐतिहासिक, धार्मिक र सांस्कृतिक, पर्यटकीय स्थलका रुपमा परिचित रहेको छ ।

पूर्वमा ललितपुर, पश्चिममा मकवानपुर, उत्तरमा कीर्तिपुर, चन्द्रागिरी नगरपालिका र दक्षिणमा मकवानपुर जिल्ला रहेको छ ।

संघीय राजधानी काठमाडौं उपत्यकादेखि करिव १८ किलोमिटरको दूरीमा नगरपालिकाको कार्यालय रहेको छ ।

यस नगरपालिकामा धार्मिक तथा ऐतिहासिक पवित्र शक्तिपिठ, धार्मिक स्थलहरु लगाएत विभिन्न मौलिक संस्कृति, प्राकृतिक सम्पदाले भरिपूर्ण रहेकोले पर्यटनको प्रचुर सम्भावना बोकेको छ ।

ऐतिहासिक महत्व बोकेको सांस्कृतिक सम्पदाले भरिपूर्ण संस्कृतिको अनुपम नमूना हो दक्षिणकाली नगरपालिका ।

जैविक विविधता तथा प्राकृतिक सम्पदाले भरिपूर्ण र विविध जातजाति, भाषाभाषी र धर्मावलम्बीहरुको साझा बसोबास यस स्थानमा रहेको छ ।

एसियाकै दोश्रो तथा नेपालको प्रथम जलविधुत आयोजना चन्द्रज्योति जलविधुत गृह यस नगरपालिकामा अवस्थित रहेको छ ।

नगरपालिका धार्मिक, पर्यटकीय तथा आर्थिक रुपले आफैमा आमनिर्भर रहन प्रचुर सम्भावना बोकेको छ ।

सांस्कृतिक रुपमा मनाइने श्री हरिशंकर जात्रा तथा बज्रयोगिनी जात्रा यस नगरपालिकको प्रमुख पर्वहरुमा पर्दछन् ।

हिन्दूहरुको शक्तिपिठ दक्षिणकाली मन्दिर, गोपालेश्वर मन्दिर, शेषनारायण मन्दिर बौद्धमार्र्गीहरुका लागि पद्मशम्मभवले तपस्या गरेको असुरा गुफा तथा ह्याङलासी गुम्बा काठमाडौं जिल्लाकै सबै भन्दा अग्लो वाणासुर डांडा (२,२७८ मि), पञ्जल गणेश, कटुवाल दह, पर्यटनको विकासका लागि चाल्नाखेलको बोसनडांडा, हात्तिवन डांडा, डाँडिखेल,छैमलेको जातीपोखरी, सेतिदेवी मन्दिर, बज्रयोगिनी तथा गोरखनाथ मन्दिर, पौराणिक फर्पिङको नेवारी बस्ती, झम्केश्वरी मन्दिर आदि क्षेत्रमा रहेका छन् ।

दक्षिणकाली ऐतिहासिक तथा धार्मिक पृष्ठभूमि केलाउंदा दक्षिणकाली मन्दिर तथा प्राचिन बस्ती रहेको फर्पिङ शहर (शिखरापुर नगर) दुवैको आ—आफ्नो महत्व रहेको छ ।

पौराणिक, धार्मिक इतिहास अनुसार भगवान श्री कृष्णबाट चरण स्पर्श भएको पूण्यभूमि तथा बौद्ध ग्रन्थ अनुसार बोधिसत्व पद्मशम्मभवको तपस्या स्थल तथा हिन्दूहरुको आध्यदेवी पवित्र धार्मिक तिर्थस्थल माता श्री दक्षिणकाली मन्दिरको नामबाट नगरपालिकाको नामाकरण भएको हो ।

दक्षिणकाली क्षेत्रलाई धार्मिक रुपमा अझ महत्व बढाउन अन्य देवी देवताका मठमन्दिर पनि बनाउन थालिएका छ ।

पर्यटकीय र धार्मिक रुपको केन्द्रका रुपमा चिनाउन रामसीता र हनुमान साथै शिवजीको मन्दिर पनि बनाउन थालिएको छ ।

दुई बर्ष अघि निर्माण थालिएको मन्दिरको विवाह पञ्चमीको अवसर पारेर प्राण प्रतिष्ठा गरिएको नगर प्रमुख मोहन बस्नेतले बताए ।

प्रमुख बस्नेतले धार्मिक आस्थाको केन्द्रका रुपमा परिचित दक्षिणकाली क्षेत्रमा धार्मिक गातिविधि र हिन्दू धर्मप्रतिको आस्था बढाउन भन्दिर सहयोगी बन्ने बताए ।

मेयर बस्नेतले मन्दिरमा दैनिक पूजाआजाका लागि एक जना पूजारी राख्ने तयारीसमेत भएको बताए ।

सीतारामको मन्दिरका अलावा हनसमान र शिवजीको मन्दिरले यस क्षेत्रको सौन्दर्य बढाएको मेयर बस्नेतको भनाइ थियो ।

प्राण प्रतिष्ठान कार्यक्रममा काठमाण्डौ क्षेत्र नं १० का पूर्वसांसद राजन केसीले हिन्दू संस्कार संस्कृतिलाई भोलीको पिंढीलाई पनि जानकारी गराउन आवश्यक रहेको बताए ।

पूर्वसांसद केसीले दक्षिणकाली क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तब्यका रुपमा अघि बढाउन हाम्रा संस्कृति र परम्परा सहयोगी तथा आर्कषणको केन्द्र बन्न सक्ने जिकिर गरे ।

दक्षिणाकाली क्षेत्रलाई देशको प्रमुख धार्मिक गन्तब्य बनाउन केन्द, प्रदेश र स्थानीय सरकारले पूर्वाधार निर्माणमा ध्यान दिएको पूर्व सांसद केसीले बताए ।

वागमती प्रदेशका पूर्वपर्यटन मन्त्री पुकार मर्हजनले हिन्दू धर्मको संरक्षण र प्रर्वधन गर्न भन्दिर निर्माण गरिएको बताए ।

पूर्वमन्त्री मर्हजनले दक्षिणकाली क्षेत्रलाई आन्तरिक तथा बाह् पर्यटकको प्रमुख गन्तब्य बनाउन केन्द्र, प्रदेश र स्थानीय सरकार लागि परेको बताए ।

दक्षिणकाली आउने बाटोदेखि मठमन्दिर लगायत भौतिक पूर्वाधारमा तीनै तहका सरकारले मिलेर काम गरिरहेको भन्दै पूर्व मन्त्री मर्हजनले दक्षिणकाली क्षेत्रमा पदमार्ग निमार्ण पनि गरिने स्पष्ट पारे ।

मन्दिर निर्माणसमितिका अध्यक्ष धर्मेन्द्र मर्हजनले मन्दिर प्रदेश र केन्द्र सरकारको आर्थिक सहयोगमा निर्माण थालिएको जानकारी दिए ।

शुरुमा २५ लाखको बजेटबाट शुरु भएको मन्दिर निर्माणको कामका लागि स्थानीय दाता र सहयोग गरेको भन्दै अध्यक्ष मर्हजनले निर्माण सम्पन्न गर्न अझै रकम अभाव भएको बताए ।

दुई बर्ष अघि थालिएको निर्माण सम्पन्न नभएपनि विवाह पञ्चमीको अवसर पारेर प्राण प्रतिष्ठान गरिएको अध्यक्ष महर्जनले जानकारी दिए ।

प्राण प्रतिष्ठाका लागि चाहिने सम्पूर्ण खर्च दान र सहयोगबाट संकलन गरिएको थियो ।

दक्षिणकाली क्षेत्र धार्मिक रुपमा महत्वपूर्ण क्षेत्र भएको भन्दै पूजारी माधवप्रसाद रेग्मीले सूर्यनारायणको समयमा भाले कराउने धार्मिक विश्वास रहेको बताए ।

मन्दिरको प्राण प्रतिष्ठा पूर्वसांसद केसी र प्रदेश सांसद मर्हजनले रिवन काटेर गरेका थिए ।

मन्दिर निर्माण सम्पन्न हुन करिव तीन बर्ष समय र तीन करोड खर्च लाग्ने अनुमान गरिएको छ ।

Page Views: 30
संबन्धित शिर्षकहरु
आगलागीमा करोडाैंको क्षति
आज मातातीर्थ औंसी मनाइँदै
केहि स्थानमा वर्षा र हिमपात हुने
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama