Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ १६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

रास्वपालाई बधाई दिँदै एमाले भोलिन्टियर फोर्सले भन्यो–अर्को निर्वाचनमा दण्डित हुन नपरोस्

- shuvadmin / बिहिबार, फागुन २८, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

 

नेकपा एमालेको युवा दस्ता ‘नेशनल भोलिन्टियर फोर्स’ ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा अभूतपूर्व जनमत पाएकोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बधाई दिएको छ ।

प्रमुख कमाण्डर पुष्पराज श्रेष्ठद्धारा आज जारी विज्ञप्तिमा परिवर्तन र सुशासनको नारामा प्राप्त अभिमतको कदर गर्न आग्रह गरिएको छ । अन्यथा अर्को निर्वाचनमा दण्डित हुने फोर्सको ठहर छ ।

‘जनतालाई आभास हुने परिवर्तन र भ्रष्टाचारमुक्त समाज र प्रशासनिक सुधारको पक्षमा काम हुनैपर्छ नत्र यो अभिमतलाई अर्को निर्वाचनसम्म नेपाली जनताले दपिण्डत गर्नेछन्,’ भनिएको छ ।

साथै, चुनावी परिणाम आफूहरुका लागि ऐना बनेको उल्लेख गर्दै फोर्सले थपेको छ, ‘अब कसैलाई दोष दिएर पन्छिने भन्दा पनि जनताको यो निर्मम तर स्पष्ट सन्देशलाई जिम्मेवारीपूर्ण स्वीकार्ने बेला आएको छ ।’

निर्वाचन परिणाममले पार्टी पङ्क्ति हतास नभई कमीकमजोरीको आत्मसमीक्षा गर्दै समयसापेक्षअनुसार पुनः अघि बढाउने सुनौलो अवसर दिएको फोर्सको भनाइ छ । फोर्सले जनताको भरोसा जित्न र देशको समृद्धिको नेतृत्व गर्न ‘नयाँ कार्यशैली र नयाँ उत्साह’ सहित पुनः जनताको घरदैलोमा पुग्ने घोषणासमेत गरेको छ ।

‘एउटा दृढ अठोटका साथ हामी फेरि उठ्नेछौं, हाम्रो एकता र सुधारको संकल्प नै हाम्रो पुनरागमनको आधार हुनेछ,’ विज्ञप्तिमा उल्लेख छ । त्यस्तै, सरकारबाट जनभावनाविपरीत, भ्रष्टाचारजन्य वा राष्ट्रिय हितमा आँच पुग्ने कुनै कदम चालिएमा सढकबाट सशक्त प्रतिवाद गर्ने फोर्सको चेतावनी छ ।

Page Views: 215
संबन्धित शिर्षकहरु
राजधानी बाहिरबाटै ग्यास भरेर राजधानी ल्याइने
नुवाकाेटकाे ढुङ्गे क्षेत्रमा यातायात सञ्चालन
पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा सञ्चालन
ताजा अपडेट
  • राजधानी बाहिरबाटै ग्यास भरेर राजधानी ल्याइने
  • नुवाकाेटकाे ढुङ्गे क्षेत्रमा यातायात सञ्चालन
  • पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा सञ्चालन
  • भोटेकोशी बाढीमा परेका हजारौं मानिस अझै बेपत्ता
  • प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५ अर्ब २४ करोड बढी रकम संकलन
  • देशका विभिन्न मुख्य राजमार्ग अवरुद्ध
  • अशक्त माइलीलाई घरमै नागरिकता
  • भोटेकोशी बाढीप्रभावितलाइ काभ्रेकाे ३६ लाख सहयोग

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama