Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, बैशाख ०६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कलाकार सागर लम्साल बलेविरुद्ध अमेरिकामा बलात्कार मुद्दा दायर

- शुभ बिहानी / बिहिबार, चैत २६, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, कलाकार सागर लम्साल ‘बले’ विरुद्ध अमेरिकामा बलात्कार मुद्दा दायर भएको छ ।

अमेरिकामा बसेर अध्ययन गरिरहेकी नेपाली छात्रा संगम विष्टले आफूमाथि अमेरिकामा बलात्कार भएको भन्दै प्रहरीमा एफआईआर दर्ता गरेकी हुन् ।

न्यूयोर्क सिटी पुलिस डिपार्टमेन्ट (एनवाईपीडी)मा दुई दिनअघि एफआईआर दर्ता भएको जनाइएको छ ।

बलात्कारसम्बन्धी उजुरी परेपछि अमेरिकी प्रहरीले अनुसन्धान थालेको छ । यो मुद्दामा अमेरिकी प्रहरीले नेपालको प्रहरीसँग समन्वय गर्ने अपेक्षा छ ।

संगमको परिवारले कानुनी प्रक्रियाको विषयमा अहिले वकिलहरूसँग सरसल्लाह गरिरहेका छन् । नेपालमा पनि जाहेरी दिने वा नदिने भन्नेबारे निष्कर्षमा पुगिनसकेको पारिवारिक स्रोतको भनाइ छ ।

संगमले केही दिनअघि सागर लम्साल एक वर्षअघि अमेरिका आउँदा आफूलाई बलात्कार गरेको भन्दै फेसबुकमा स्ट्याटस लेखेकी थिइन् ।

एउटा कार्यक्रममा भेट हुँदा लम्साललाई आफ्नो फ्ल्याट देखाउन लगेको र त्यसक्रममा दाइजस्तो मानेको व्यक्तिले आफूलाई फ्ल्याटमै जबरजस्ती बलात्कार गरेको संगमको भनाइ थियो ।

संगमले स्ट्याटस लेखेको भोलिपल्टै नेपाल प्रहरीले उनलाई पक्राउ गरेर हिरासतमा राखेको छ । तर, नेपाल प्रहरीमा उनीविरुद्ध जाहेरी भने परेको छैन ।

पक्राउपछि काठमाडौं प्रहरीले कलाकार लम्साललाई अभद्र व्यवहारसम्बन्धी कसुरमा पक्राउ गरी अनुसन्धान अघि बढाइरहेको जनाएको थियो ।

सामाजिक सञ्जालमा उनीमाथि बलात्कारको आरोप लागेको भन्ने हल्ला फैलिएपछि प्रहरीले त्यसलाई पूर्ण रूपमा खण्डनसमेत गरेको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार विज्ञप्ति नै जारी गर्दै लम्साललाई जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी हिरासतमा राखिएको जानकारी दिएको थियो ।

साथै, विभिन्न सामाजिक सञ्जाल र केही माध्यमबाट फैलाइएका अप्रमाणित तथा भ्रामक सूचनाप्रति ध्यानाकर्षण भएको जनाउँदै यस्ता भ्रम नफैलाउन आग्रह गरिएको थियो ।

नेपाल प्रहरीमा बलात्कारको जाहेरी नपरेको हुँदा प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट अभद्र व्यवहारको कसुरमा ५ दिन म्याद थपेको थियो ।

अभद्र व्यवहारमा प्रमुख जिल्ला अधिकारीले बढीमा २५ दिन हिरासतमा राख्न सक्ने कानूनी प्रावधान रहेको छ ।

Page Views: 44
संबन्धित शिर्षकहरु
रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न
केहि भागमा आंशिक बादलसहित पानी पर्ने
आगलागीमा करोडाैंको क्षति
ताजा अपडेट
  • रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न
  • केहि भागमा आंशिक बादलसहित पानी पर्ने
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama