Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, बैशाख ०७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

- शुभ बिहानी / बुधबार, बैशाख ०२, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

 नेपाल आरोग्य वर्ष २०२७’ घोषणा काठमाडौं । संयुक्त राष्ट्रसंघले ‘आरोग्य दिवस’ को मान्यता दिएपछि बुधबार सैनिक मञ्‍च टुँडिखेलमा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइएको छ । यस अवसरमा संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्क राज पौडेल ‘गनेस’ ले आगामी वर्षका लागि ‘नेपाल आरोग्य वर्ष २०२७’ समेत घोषणा गरेका छन् ।

कार्यक्रममा प्रतिनिधिसभाका सभामुख तथा कार्यक्रमका प्रमुख अतिथि डोल प्रसाद अर्यालले आरोग्यको अवधारणालाई समग्र मानव जीवनसँग जोड्दै यसलाई विश्वव्यापी प्राथमिकताका रूपमा स्थापित गर्नु आवश्यक रहेको बताएका छन् । उनले भने, “आरोग्य केवल रोग नहुनु मात्र होइन, यो शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक, आध्यात्मिक र वातावरणीय सन्तुलनको समग्र अवस्था हो ।

सभामुख अर्यालले विश्वमा बढ्दो द्वन्द्व, जलवायु संकट र मानसिक तनावका बीच आरोग्यलाई मानवताको आशाको किरणका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे ।

उनले नेपाललाई आरोग्य पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्न सकिने उल्लेख गर्दै थपे हामीसँग हिमाल, संस्कृति, आध्यात्मिक परम्परा र प्राकृतिक सम्पदा छ । अब संख्याभन्दा गुणस्तरीय पर्यटनमा केन्द्रित हुँदै नेपाललाई उच्च मूल्य र गहिरो अनुभव दिने गन्तव्यका रूपमा स्थापित गर्नुपर्छ ।

त्यसैगरी, पर्यटनमन्त्री खड्कराज पौडेलले आरोग्यलाई जीवनशैलीसँग जोड्नुपर्नेमा उल्लेख गर्दै नेपालले विश्वलाई नयाँ मार्गदर्शन दिन सक्ने बताए । उनले भने, “आरोग्य भनेको भागदौडबाट भाग्नु होइन, आफ्नै भित्र फर्किने साहस हो । यो आत्माको मौनता बुझ्ने कला हो ।

मन्त्री पौडेलले विश्व स्वास्थ्य संगठनको तथ्यांक उद्धृत गर्दै विश्वमा एक अर्बभन्दा बढी मानिस मानसिक तनावबाट प्रभावित रहेकाले अहिलेको विश्‍वमा आरोग्य अति आवश्यक भएको उल्लेख गरे । “मानिससँग सबै कुरा छ, तर दुई पलको शान्ति छैन । अब विश्वले खोजेको शान्ति नेपालले दिन सक्छ,” उनले भने ।

उनका अनुसार, सरकारले आरोग्य पर्यटनलाई ‘सफ्ट पावर’का रूपमा विकास गर्ने नीति लिएको छ । “सरकारको १०० बुँदे कार्ययोजनामा नेपाललाई आरोग्य पर्यटनको विश्व केन्द्र बनाउने लक्ष्य राखिएको छ, र त्यसको आधारमा सन् २०२७ लाई आरोग्य वर्ष घोषणा गरिएको हो,” उनले स्पष्ट पारे ।

सरकारले आरोग्य पर्यटनलाई दीगो विकास, सांस्कृतिक संरक्षण र स्थानीय समुदायको समृद्धिसँग जोड्ने लक्ष्य राखेको छ । मन्त्री पौडेलले नेपाललाई केवल घुम्ने गन्तव्य नभई “आफूलाई चिन्ने र आत्मिक शान्ति खोज्ने केन्द्र”का रूपमा विश्वमा स्थापित गर्ने सन्देश दिइएको छ ।

कार्यक्रममा जीवन विज्ञान विशेषज्ञ एलपी भानु शर्माले आरोग्य प्रवर्द्धनका लागि दीर्घकालीन संरचना आवश्यक रहेको औंल्याए । उनले भने, “नेतृत्व लिनुअघि स्वामित्व लिनुपर्छ। आरोग्यका तीन चरण छन्, र नेपालमा ५० लाखभन्दा बढी मानिस स्वजाग्र ध्यानमा संलग्न छन् ।

उनले आरोग्य पर्यटनलाई व्यवस्थित बनाउँदै आर्थिक समृद्धिसँग जोड्न उच्चस्तरीय आयोग गठन गरिनुपर्ने, ‘वेलनेस सर्किट’ निर्माण, वेलनेस भिसा र दीर्घकालीन बसाइ नीतिको आवश्यकता औंल्याए । समारोहको सुरुवातमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्माद्वारा मन्त्रउच्चारण गरिएको थियो भने ध्यान र योग सत्र पनि सञ्‍चालन गरिएको थियो ।

त्यसैगरी स्पा एसोसिएनका प्रतिनिधिले हिलिङबारे जानकारी गराएको थियो । कार्यक्रममा ध्यान तथा योग, आरोग्य पर्यटन रणनीति र लोगोसमेत सार्वजनिक गरिएको थियो । नेपाल सरकारको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवस”का रूपमा औपचारिक मान्यता दिएको थियो । उक्त मान्यतापछि विश्वभर पहिलो पटक यो दिवस मनाइएको हो ।

Page Views: 26
संबन्धित शिर्षकहरु
चट्याङ लागेर एक युवकको मृत्यु
काठमाडौं-ढाका सिधा उडान गर्ने तयारी
आज नेपालले यूएईसँग पहिलो खेल खेल्दै
ताजा अपडेट
  • चट्याङ लागेर एक युवकको मृत्यु
  • काठमाडौं-ढाका सिधा उडान गर्ने तयारी
  • आज नेपालले यूएईसँग पहिलो खेल खेल्दै
  • अक्षय तृतीया सातु र सर्वत दान एवं सेवन गरी मनाइँदै
  • रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न
  • केहि भागमा आंशिक बादलसहित पानी पर्ने
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama