Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, बैशाख २२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

ओमानविरुद्ध नेपालले टस जित्यो, पहिले ब्याटिङ गर्ने

- शुभ बिहानी / मङ्गलबार, बैशाख २२, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

२२ वैशाख, काठमाडौं । लिग २ क्रिकेट अन्तर्गत ओमान विरुद्धको खेलमा नेपालले टस जितेको छ । कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् ।

ओमानसँग मंगलबार खेल्दै गर्दा नेपालले कमीकमजोरीहरू सुधार गर्दै पहिलो खेलको हारको बदला लिएर शृंखलामा तेस्रो जित निकाल्ने र सुखद अन्त्य गर्ने लक्ष्यमा हुनेछ ।
नेपालले आगामी सातादेखि लिग २ का शीर्ष २ टोली अमेरिका र स्कटल्यान्डसँग खेल्नेछ र त्यसका लागि जारी शृंखलाको लय महत्त्वपूर्ण हुनेछ ।

लिग २ अंकतालिकामा हाल ओमान २७ खेलमा ३१ अंक जोडेर तेस्रो स्थानमा यथावत् छ भने नेपालले २३ खेलमा १६ अंक जोडेर सातौं स्थानमा छ । अर्को टोली यूएईको २४ खेलमा १४ अंक छ ।
यही शृंखलामा यसअघि भएको पहिलो खेलमा नेपाल ओमानसँग पराजित भएको थियो । नेपालले यूएईसँगको दुवै खेल जितिसकेको छ । अब ओमानलाई पनि हराएर नेपाल शृंखलामा तेस्रो जितको खोजीमा हुनेछ ।

नेपाल र ओमान हालसम्म ओडीआई फर्म्याटमा ९ पटक आमनेसामने भएका छन् । नेपालले तीन खेल जित्दा पाँच खेलमा पराजित भएको छ । एक खेल रद्द भएको थियो ।

कीर्तिपुरमा भने यी दुई टोली ४ पटक आमनेसामने भएका छन् जसमा नेपालले १ खेल जित्दा ओमानले ३ खेल जितेको छ ।

Page Views: 16
संबन्धित शिर्षकहरु
ढकाल र घिमिरेका दुई प्यानल चुनावी प्रतिस्पर्धामा
नयाँ प्रशासनिक वडा भवनकाे उद्घाटन
ओमान विरुद्ध ब्याटिङ गर्दै नेपाल
ताजा अपडेट
  • ढकाल र घिमिरेका दुई प्यानल चुनावी प्रतिस्पर्धामा
  • नयाँ प्रशासनिक वडा भवनकाे उद्घाटन
  • ओमान विरुद्ध ब्याटिङ गर्दै नेपाल
  • ओमानविरुद्ध नेपालले टस जित्यो, पहिले ब्याटिङ गर्ने
  • पूर्वपतिबाट पाएको सम्पत्ति फिर्ता गर्नुपर्ने व्यवस्था खारेज
  • रोशीमा फसेका ८९ यात्रुकाे उद्धार, चालक पक्राउ
  • सुकुमवासीका बालबाकालिकालाई नि:शुल्क पढाउने
  • लिपुलेक हुँदै कैलाश मानसरोवर जानेबाटो नयाँ नभएकाे भारतकाे जवाफ

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama