नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति चयनका लागि हेमराज ढकाल र शिव प्रसाद घिमिरेका दुई प्यानल चुनावी प्रतिस्पर्धामा उत्रेका छन् । अहिले उक्त दुई प्यानल कार्यसमिति चयनका लागि लागि राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा मतदानमा सहभागि भएका छन् ।
अहिले नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ । हिजाे महासंघको ६० औं वार्षिक साधारणसभा उद्घाटन गरिएसँगै महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेकाले सोही अनुसार वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्ने छन् ।
वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान भएकाले उपाध्यक्ष र कार्यकारिणी समिति सदस्यका लागि मतदान भइरहेको हाे । यता ढकाल प्यानलले वरिष्ठ उपाध्यक्षमा ढकाललाई उम्मेदवार घोषणा गरेको छ भने अब निर्वाचित हुने वरिष्ठ उपाध्यक्ष श्रेष्ठ पछि स्वतः अध्यक्ष हुनेछन् ।
राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा केहि समय अघि महासंघका अध्यक्ष चन्द्र ढकाल, वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले मतदात गरेका थिए ।