जैशिदेवल युथ क्लवको आयोजना तथा काठमाडौंको प्रमुख प्रायोजनमा मिति २०८३ बैशाख २४ गते देखि २६ गते सम्म दशरथ रङ्गशाला, त्रिपुरेश्वरमा संचालित स्व.पि.एल सिंह स्मृति छैठौं बागमती प्रदेश स्तरिय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ू को समापन कार्यक्रम जैशिदेवल युथ क्लवका अध्यक्ष श्री राजेश प्रजापतिज्यूको सभापतित्व तथा काठमाडौं महानगरपालिका कार्यवाहक मेयर श्री सुनीता डंगोलज्यूको प्रमुख आतिथ्यतामा सफलताका साथ सम्पन्न भएको छ। ३ दिन आयोजित प्रतियोगितामा बागमती प्रदेश अन्तर्गतका २० नगरपालिकाका गेरोगी पुम्से र पारा विधा गरि ३२२ खेलाडीहरुको सहभागीता रहेको थियो। प्रतियोगितामा प्रथम हुने टिमलाई ब्नचय त्जबष् ँययमक एखत। ीतम। को तर्फबाट १ के।जी।तौलको चाँदीको रनिङ शिल्ड प्रदान गरिएको छ।

प्रतियोगितामा १४ स्वर्ण र ४ रजत पदकका साथ आयोजक टिम काठमाडौं महानगरपालिका टिम(ए ९जैशिदेवल युथ क्लव० प्रथमका साथ १ के।जी।तौलको चाँदीको रनिङ शिल्ड उठाउन सफल भएको छ भने २ स्वर्ण, ४ रजत र ४ काँस्य पदक सहित महालक्ष्मी नगरपालिका टिम दोस्रो र १ स्वर्ण, ३ रजत र ६ काँस्य पदक सहित चन्द्रागिरि नगरपालिका टिम तेस्रो हुन सफल भएको छ। उत्कृष्ट खेलाडी पुरुष पुम्से तर्फ कागेश्वरी मनोहरा नगरपालिकाका गिरिश श्रेष्ठ र उत्कृष्ट खेलाडी महिला पुम्से तर्फ आयोजक काठमाडौं महानगरपालिकाका ९जैशिदेवल युथ क्लव० वितिशा तामाङ घोषित भएका छन्। त्यसौ गरि उत्कृष्ट खेलाडी पुरुष गेरोगी तर्फ आयोजक काठमाडौं महानगरपालिकाका गयाल्जेङ तामाङ र उत्कृष्ट खेलाडी महिला गेरोगी तर्फ तारकेश्वर नगरपालिकाका कृतिका थापा मगर घोषित भए भने टिम काठमाडौं महानगरपालिका प्रशिक्षक श्री अन्जित राई उत्कृष्ट प्रशिक्षक र अन्तर्राष्ट्रिय निर्णायक गौरव रजक उत्कृष्ट निर्णायक घोषित भएका छन्। उत्कृष्ट सवै ६ जनालाई जनही १०० अमेरिकी डलरवाट सम्मान गरिएको छ।
आयोजक जैशिदेवल युथ क्लवका अध्यक्ष राजेश प्रजापतिले यस प्रतियोगितामा सहभागिता जनाउने सवै खेलाडीहरुको सहभागीताका निःशुल्क गरिएको, सवै खेलाडीहरुको दुर्घटना विमान गरिएको, सम्पूर्ण खेलाडीहरु, प्रशिक्षकहरुको व्यवस्थापकहरु अभिभावकहरुलाई आयोजकको तर्फबाट नास्ता र खानाको व्यवस्था गरिएको, सवै खेलाडीहरुलाई टिसर्ट, सवै प्रशिक्षक तथा निर्णायकलाई ज्याकेट, आयोजक टिमका खेलाडीहरूलाई ट्रयाकसुट प्रदानका गरिएको र यस पटक पारा विधा समेत समावेश गरिएको बताउनुभयो।