सिंहदरबारमा जारी प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् । अहिले सिंहदरबारमा बसिरहेको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकाे हुन् ।
त्यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति पौडेलसमक्ष सम्बोधनको प्रति हस्तान्तरण गरेका थिए । आजबाट संघीय संसद्को अधिवेशन सुरु भएको भने संयुक्त बैठक बस्नुअघि आजै दुवै सदनको छुट्टाछुट्टै बैठक बसेको थियो ।