Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, भदौ १३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहनेका लागि आवेदन खुला

- शुभ बिहानी / बुधबार, बैशाख ३०, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ मा कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीका लागि अनलाइन आवेदन खुला गरेको छ । महानगरले छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीका लागि आवेदन खुला गरेको हाे ।

महानगरपालिका अन्तर्गतका संस्थागत शिक्षण संस्थामा अध्ययन गर्न इच्छुक विद्यार्थीलाई परीक्षा प्रणालीमार्फत छात्रवृत्ति उपलब्ध गराइने जनउँदै महानगरले आज एक सूचना मार्फत आवेदन फाराम जेठ १ गतेदेखि भर्न सकिने बताएकाे छ ।

सूचनाअनुसार छात्रवृत्ति परीक्षाका लागि अनलाइन आवेदन फाराम जेठ १ गतेदेखि जेठ १० गतेसम्म भर्न सकिने छ भने परीक्षा जेठ १७ गते बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन गरिने बताइएकाे छ ।

परीक्षामा माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्न सोधिने छ । महानगरले विद्यार्थी तथा अभिभावकलाई महानगरपालिकाको वेबसाइट तथा प्रवेश परीक्षा सम्बन्धी पोर्टलमार्फत अनलाइन आवेदन दिन आग्रह गरेको छ ।

विषयगत अंकभार, विद्यालयगत छात्रवृत्तिको कोटा, परीक्षा केन्द्र लगायतका विस्तृत विवरण महानगरपालिकाको वेबसाइटमा उपलब्ध रहेको छ ।

Page Views: 96
संबन्धित शिर्षकहरु
कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama