Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, असार ३०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

एनसेलले ‘एनसेल एसईई छात्रवृत्ति’ दिने

- शुभ बिहानी / शुक्रबार, जेठ ०८, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एनसेलले यस वर्षको एसईई परीक्षा उत्तीर्ण गरेका १०० जना विद्यार्थीलाई ‘एनसेल एसईई छात्रवृत्ति’ दिने भएकाे छ । एनसेल फाउन्डेसनले ‘प्रोजेक्ट शिक्षा’ सँगको सहकार्यमा १०० जना विद्यार्थीलाई ‘एनसेल एसईई छात्रवृत्ति’ दिने घोषणा गरेको हाे ।

युवाहरूलाई शिक्षामा अगाडि बढाउने र उनीहरूको सशक्तिकरण गर्ने उद्देश्यले उक्त कार्यक्रम ल्याइएको हो । यस छात्रवृत्ति कार्यक्रमअन्तर्गत छनोटमा पर्ने विद्यार्थीहरूले कक्षा ११ र १२ अध्ययनका लागि सहयोग प्राप्त गर्नेछन् ।

छात्रवृत्तिका लागि योग्य विद्यार्थी छान्न देशका सातवटै प्रदेशमा लिखित र अन्तर्वार्ता परीक्षा सञ्चालन गरिनेछ । यस प्रक्रियामार्फत क्षमतावान् भएर पनि आर्थिक अभावका कारण उच्च शिक्षा पढ्न समस्या झेलिरहेका विद्यार्थीहरूलाई विशेष प्राथमिकता दिइने बताइएकाे छ।

त्यसैगरि पढाइ खर्चका साथै छनोट भएका सबै विद्यार्थीलाई एनसेलले एक वर्षसम्म निःशुल्क इन्टरनेट (डेटा) र फोन कलको सुविधा पनि उपलब्ध गराउने बताएकाे छ । जसले विद्यार्थीहरूलाई अनलाइनमार्फत अध्ययन गर्न, नयाँ कुरा सिक्न र अवसरहरूसँग निरन्तर जोडिन सहज हुने कम्पनीको भनाइ रहेकाे छ ।

शिक्षालाई देश निर्माणको प्रमुख आधार मानेर एनसेल फाउन्डेसनले भौगोलिक विकटता वा पैसाको कमीले गर्दा कुनै पनि युवाको भविष्य नबिग्रियोस् भन्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको जनाएको छ । पारदर्शी छनोट प्रक्रियामार्फत अवसरको अभावमा परेका तर क्षमता भएका विद्यार्थीसम्म पुगेर उनीहरूको सपना पूरा गर्न एनसेलले सहयोगकाे कार्यक्रम ल्याउन लागेकाे हाे ।

Page Views: 75
संबन्धित शिर्षकहरु
देशकाे अधिकांश स्थानमा पानी पर्ने
राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारण
पहिराेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध
ताजा अपडेट
  • देशकाे अधिकांश स्थानमा पानी पर्ने
  • राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारण
  • पहिराेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध
  • ‘ब्लू बस’ अवधारणामा साझा अडिग, हरियो पहिचान परिवर्तन नगर्ने
  • लेदोयुक्त बाढीको खतरा बढेपछि रसुवागढी जलविद्युत् बन्द, रसुवामा उच्च सतर्कता
  • सञ्चारगृहको गेटमै शंकास्पद गाडी पार्किङ, पत्रकारको सुरक्षामाथि प्रश्न
  • सडक भासिएपछि तातोपानी नाका अवरुद्ध
  • मकवानपुरमा खोलाले खाली ट्रक बगायाे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama