Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, असोज ३०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

गाउँपालिकाद्वारा विद्यार्थीलाई ल्यापटप सहित सम्मान

- शुभ बिहानी / आइतबार, जेठ १०, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

भोजपुरमा हालसालै प्रकाशित एसइई परिक्षामा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीलाई ल्यापटपसहित सम्मान गरिएकाे छ । भोजपुरको रामप्रसादराई गाउँपालिकाले शैक्षिकसत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा एसइईमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई ल्यापटप वितरण गरेको हाे ।

पालिकाले विद्यार्थीलाई अध्ययनप्रति थप प्रेरित गर्दै आधुनिक प्रविधि र शिक्षामा प्रतिस्पर्धात्मक वातावरण सृजना गर्ने उद्देश्यले सम्मान गरेको हो । साधारणधारतर्फ उत्कृष्ट नतिजा ल्याउने छात्रा प्रिया राई र छात्र प्रविन तामाङलाई ल्यापटप सहित सम्मान गरिएको थियाे ।

गाउँपालिका अध्यक्ष थामबहादुर राईले शिक्षण सिकाइमा हौसला प्रदान गर्दै प्रविधिमैत्री शिक्षणमा सहयोग पुग्ने लक्ष्यसहित विद्यार्थीलाई प्रोत्साहनस्वरुप ल्यापटप वितरण गरिएको बताएका थिए । उनले उक्त सहयाेगबाट विद्यार्थीमा मिहिनेत, अनुशासन र लगनशीलताको विकासमा सहयोग पुग्ने धारणा राखेका थिए ।

गाउँपालिकाले शिक्षाको गुणस्तर सुधार गर्दै विद्यार्थीलाई प्रविधिमैत्री शिक्षा प्रदान गर्न विभिन्न योजना सञ्चालन गरिरहेको बताउँदै पालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप राईले विद्यार्थीमा सकारात्मक प्रेरणा फैलाउँदै लगनशीलताको विकासमा हौसला प्रदान गर्न ल्यापटप वितरण गरिएको बताए ।

उनले शिक्षालाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै आगामी दिनमा पनि उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रोत्साहनका कार्यक्रमलाई निरन्तरता दिइने जानकारी गराएका छन् । गाउँपालिकाले पछिल्ला वर्षहरूमा विद्यालयको शैक्षिक सुधार, प्रविधिमैत्री शिक्षण प्रणाली, विद्यार्थी प्रोत्साहन कार्यक्रम तथा शिक्षक क्षमता विकासजस्ता क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Page Views: 141
संबन्धित शिर्षकहरु
दशैँमा मौसममा उल्लेखनीय परिवर्तन नहुने
आज दुईवटा अध्यादेश जारी
दसैँका लागि नोट साट्दै सर्वसाधारण
ताजा अपडेट
  • दशैँमा मौसममा उल्लेखनीय परिवर्तन नहुने
  • आज दुईवटा अध्यादेश जारी
  • दसैँका लागि नोट साट्दै सर्वसाधारण
  • चौंरीदेउरालीमा भलिबल प्रतियोगिता शुरु
  • जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
  • प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
  • आजका लागि कुन कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज बडादशैँकाे पाँचौं दिन स्कन्दमाताको पूजा आराधना गरिँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama