Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, असार २७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

अत्यधिक गर्मीका कारण पाँच दिन विद्यालय बन्द

- शुभ बिहानी / सोमबार, जेठ २५, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

महोत्तरीमा अत्यधिक गर्मी बढेसँगै विद्यालयहरु बन्द गर्न थालिएकाे छ । गर्मीका कारण जिल्लाकाे गाैशला नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित सबै विद्यालयको पठनपाठन पाँच दिनका लागि बन्द गरेकाे छ । अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा गम्भीर प्रतिकूल असर पर्न थालेपछि विद्यालयको पठनपाठन पाँच दिनका लागि बन्द गर्ने निर्णय गरेको हाे ।

पछिल्ला केही दिनदेखि निरन्तर बढिरहेको गर्मीले जनजीवन प्रभावित हुनुका साथै शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीको स्वास्थ्यमा गम्भीर असर पर्ने अवस्था देखिएपछि नगर कार्यपालिकाको बैठकले उक्त निर्णय गरेकाे पालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर अधिकारीले जनाएका छन् ।

विद्यार्थीहरूको स्वास्थ्य सुरक्षा तथा हितलाई मध्यनजर गर्दै नगर क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरूको पठनपाठन बन्द गरिएकाे छ । पछिल्ला केही दिनयता नगर क्षेत्रको तापक्रम ३८ देखि ४० डिग्री सेल्सियससम्म पुगेपछि विद्यालयमा अध्ययनरत बालबालिकाको स्वास्थ्य जोखिम निकै बढेको छ र कतिपय विद्यार्थीहरू बिरामी पर्न थालेका छन् ।

नगर शिक्षा शाखाको तथ्यांक अनुसार गौशाला नगरपालिकाभित्र ३१ सामुदायिक, ३० संस्थागत र सात धार्मिक गरी कुल ६८ विद्यालयहरू सञ्चालनमा छन् । उक्त विद्यालयहरुमा २० हजारभन्दा बढी विद्यार्थीहरू अध्ययनरत रहेकाे बताइएकाे छ ।

Page Views: 71
संबन्धित शिर्षकहरु
ओझेलमा मादीकाे ‘सोझो कुनाको झरना’
सूर्यमानकाे पहलमा भक्तपुर मोडेल अस्पतालमा ३० प्रतिशत छुट
नुवाकोटमा ५ हजार कफी बिरुवा वृक्षारोपण अभियान सञ्चालन हुँदै
ताजा अपडेट
  • ओझेलमा मादीकाे ‘सोझो कुनाको झरना’
  • सूर्यमानकाे पहलमा भक्तपुर मोडेल अस्पतालमा ३० प्रतिशत छुट
  • नुवाकोटमा ५ हजार कफी बिरुवा वृक्षारोपण अभियान सञ्चालन हुँदै
  • आत्मदाहको प्रयास गरेका गणेशकाे निधन
  • सुन र चाँदी दुवैको मूल्य वृद्धि
  • मुख्यसचिव कार्कीले गरे पदबहाली
  • जडीबुटी क्षेत्रमा पैदलयात्रुलाई दुःख दिने ३२ जना पक्राउ
  • राष्ट्रपतिद्वारा चारवटा विधेयक प्रमाणीकरण

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama