Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, भदौ १३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

चितवनमा रास्वपाकाे महाधिवेशन सुरु

- शुभ बिहानी / आइतबार, असार ०७, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

आजदेखि चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)काे महाधिवेशन सुरु हुँदैछ । महाधिवेशनको अन्तिम तयारी पूरा भएसँगै आज महाधिवेशनको उद्घाटनकाे तयारी गरिएकाे रास्वपा चितवनका अध्यक्ष मिनीमाधव खनालले जानकारी गराएका छन् ।

महाधिवेशनको उद्घाटनका लागि चितवनकाे भरतपुर महानगरपालिका–१०, स्थित जिल्ला प्रहरी कार्यालय अगाडिको गेष्ट हाउस चौरमा जर्मन प्रविधिमा आधारित आल्मुनियम संरचनायुक्त डोम निर्माण गरिएको छ भने प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछानेले महाधिवेशन संयुक्त रूपमा उद्घाटन गर्ने छन् ।

महाधिवेशनको अन्तिम तयारी पूरा भएको छ भने अहिले उक्त स्थान रास्वपाको ब्यानर, प्लेकार्ड र तोरणले नव विवाहित दुलही झैँ सिगारिएको छ । आज दिउँसो २ बजे उद्घाटन गर्न लागिएकाे महाधिवेशनमा भाग लिन देशविदेशका प्रतिनिधिहरु भरतपुर आउन थालेका छन् ।

देशविदेशका प्रतिनिधिहरु भरतपुर आउन थालेकाे र प्रतिनिधिहरूलाई स्वागत गर्न ठाउँठाउँमा स्वागत गेट निर्माण गरिएकाे छ । महाधिवेशनमा आउने सवारीसाधनलाई पार्किङकाे व्यवस्थापन मिलाउँदै ट्राफिक व्यवस्थापन सहज बनाउन ड्रोनद्वारा अनुगमन गरिने बताइएकाे छ ।

महाधिवेशनमा विद्युतीय प्रणालीमार्फत मतदान गराइने र प्रतिनिधिहरूले विद्युतीय उपकरणमा उम्मेदवारको नाम र फोटोमा स्पर्श गरेर मतदान गर्ने व्यवस्था मिलाइएको छ । पहिलो चरणमा १ जना सभापति र ९९ जना केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ भने निर्वाचित सदस्यबाट पदाधिकारीहरूको निर्वाचन गरिने तयारी रहेकाे छ ।

Page Views: 74
संबन्धित शिर्षकहरु
कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama