Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, साउन २६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

महानगरपालिकाकाे टोल टोलमा ‘फिल्म महोत्सव’

- शुभ बिहानी / आइतबार, असार ०७, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाडौँ महानगरपालिकाले ‘टोल टोलमा फिल्म महोत्सव’ सुरु गरेको छ । असार ५ गतेबाट सुरु भएको महोत्सव असार महिनाभरि हरेक शुक्रबार र शनिवार विभिन्न स्थानमा सञ्चालन हुनेछ ।

चलचित्रलाई समुदायमा पुर्‍याउन तथा समुदायलाई चलचित्र भवनसम्म पुर्‍याउन तथा चलचित्रमार्फत रचनात्मक उद्योगको आयाम बढाउन काठमाडौँ महानगरपालिकाले टोल टोलमा ‘फिल्म महोत्सव’ सुरु गरेको हाे । फिल्म महोत्सव खुला मञ्चबाट कार्यवाहक प्रमुख सुनिता डंगोलले शुभारम्भ गरेकी हुन् ।

उक्त अवसरमा कान्स फिल्म फेस्टिभलमा अनसर्टेन रिगार्ड विधामा ‘जुरी प्राइज’ र ‘वेस्ट साउण्ड क्रियसन’ अवार्डेड नेपाली कथानक चलचित्र ‘इलिफेन्ट इन द फग (तिनीहरु)’लाई नगद १० लाख रुपियाँसहित सम्मान गरिएकाे थियाे । २०८३ वैशाख २९ गतेदेखि जेठ ९ गते (१२-२३ मे, २०२६) सम्म फ्रान्समा आयोजना भएको कान्स फिल्म फेस्टिभलको ७९ औँ श्रृङ्खलामा अविनाश विक्रम शाह निर्देशित यस चलचित्रले अनसर्टेन रिगार्ड विधामा ‘जुरी प्राइज’ प्राप्त गरेको थियो ।

कान्स प्रिमियरमा चलचित्रलाई दर्शकले उभिएर निरन्तर ८ मिनेट लामो तालीबाट सम्मान गरेका थिए । फेस्टिभलमा चलचित्रले ‘वेस्ट साउण्ड क्रियसन’ अवार्ड समेत प्राप्त गरेको थियो । नेपाली चलचित्र उद्योगको गौरवलाई अन्तर्राष्ट्रिय स्तरमा उच्च बनाउन चलचित्रका लेखक, निर्माता, निर्देशक, कलाकार, प्राविधिक तथा पर्दा अगाडि र पछाडि रहेका सबै सर्जकको सिर्जनालाई प्रोत्साहन गर्न महानगरले सम्मान प्रदान गरेको छ ।

Page Views: 80
संबन्धित शिर्षकहरु
सुनको मूल्य बढेर ३ लाख ७ हजार ९ सय पुग्याे
पहिरोले विद्युतगृह पुरिँदा एक जना बेपत्ता
जाजरकोटमा भूकम्पकाे धक्का
ताजा अपडेट
  • जनकपुरको मौलिक भान्सादेखि अमेरिकासम्म : ‘टेस्ट अफ मिथिला’लाई विश्वमाझ चिनाउँदै शेफ महेश शाह
  • सुनको मूल्य बढेर ३ लाख ७ हजार ९ सय पुग्याे
  • पहिरोले विद्युतगृह पुरिँदा एक जना बेपत्ता
  • जाजरकोटमा भूकम्पकाे धक्का
  • विद्युतीय सवारीका पार्टपुर्जामा भन्सार छुट दिन माग
  • ब्रोड पिकमा निधन भएका तीन नेपालीको शव ल्याइँदै
  • अण्डाको माग बढेसँगै मूल्य पनि बढ्याे
  • प्रतिनिधिसभाको बैठक बस्दै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama