Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, भदौ ०८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

साउन १ देखि काठमाडौं उपत्यकामा ‘ब्लू बस’ सेवा शुरु हुने, महिलाको सुरक्षित यात्रालाई प्राथमिकता

- शुभ बिहानी / बिहिबार, असार १८, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डौ । महिलाको सुरक्षित, सहज र सम्मानजनक सार्वजनिक यातायात सुनिश्चित गर्ने उद्देश्यका साथ सरकारले काठमाडौं उपत्यकामा आगामी साउन १ गतेदेखि ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारीलाई अन्तिम चरणमा पुर्‍याएको छ।

प्रारम्भिक चरणमा उपत्यकाभित्र आठ वटा बस सञ्चालन गर्ने योजना बनाइएको छ।

सरकारले हालै सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० दिने कार्ययोजनाअन्तर्गत यो कार्यक्रम समावेश गरिएको हो।

महिला, बालबालिका तथा अन्य संवेदनशील समूहलाई लक्षित गर्दै सुरक्षित सार्वजनिक यातायातको पहुँच विस्तार गर्ने उद्देश्यले सातै प्रदेशमा निःशुल्क ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने अवधारणा अघि सारिएको छ।

पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलका अनुसार सरकारको पहिलो १०० दिने कार्ययोजनाभित्र देशभर २५ वटा ब्लू बस सञ्चालन गर्ने लक्ष्य तय गरिएको छ।

त्यसको सुरुवात काठमाडौं उपत्यकाबाट गर्न लागिएको हो। आवश्यक प्रशासनिक तथा आर्थिक प्रक्रिया पूरा हुनेबित्तिकै सेवा सञ्चालनमा ल्याइने उनले बताए।

बस सञ्चालनका लागि जिम्मेवारी पाएको साझा यातायातले आवश्यक बजेट तथा सञ्चालन व्यवस्थापनसम्बन्धी राय र सहमतिका लागि अर्थ मन्त्रालयसँग पत्राचार गरिसकेको छ।

मन्त्रालयबाट आवश्यक स्वीकृति प्राप्त भएपछि निर्धारित मितिदेखि सेवा औपचारिक रूपमा सञ्चालनमा आउने जनाइएको छ।

प्रारम्भिक चरणमा उपत्यकाका बढी यात्रु चाप हुने तथा महिलाको दैनिक आवागमन बढी हुने मार्गहरूलाई प्राथमिकतामा राखिएको छ।

योजना अनुसार लगनखेल–बुढानीलकण्ठ रुटमा दुई वटा बस सञ्चालन गरिनेछन्।

यस मार्गले ललितपुर, काठमाडौंको मध्य क्षेत्र तथा उत्तरी भेगलाई जोड्ने भएकाले ठूलो संख्यामा यात्रुले लाभ लिन सक्ने अपेक्षा गरिएको छ।

त्यसैगरी थानकोट–नागढुङ्गा–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रुटमा दुई वटा बस सञ्चालन गरिनेछ।

पश्चिमी नाका हुँदै राजधानी प्रवेश गर्ने यात्रु तथा विभिन्न कार्यालय, शैक्षिक संस्था र कार्यस्थलमा आवतजावत गर्ने महिलाहरूलाई यस सेवाले सुविधा पुग्ने विश्वास गरिएको छ।

यस्तै, उपत्यकाको मुख्य यातायात घेराका रूपमा रहेको चक्रपथ (रिङरोड) क्षेत्रमा चार वटा बस सञ्चालन गर्ने योजना बनाइएको छ।

तीमध्ये दुई वटा बस घडीको दिशामा (क्लकवाइज) तथा दुई वटा बस घडीको विपरीत दिशामा (एन्टिक्लकवाइज) सञ्चालन गरिनेछन्।

यस व्यवस्थाले यात्रुलाई विभिन्न स्थानमा सहज रूपमा यात्रा गर्न तथा बस परिवर्तन नगरी गन्तव्यसम्म पुग्न मद्दत गर्ने अपेक्षा गरिएको छ।

सरकारले महिलामाथि सार्वजनिक यातायातमा हुने दुर्व्यवहार, असुरक्षा तथा असहजताको समस्या न्यूनीकरण गर्ने लक्ष्यका साथ यो सेवा शुरु गर्न लागेको जनाएको छ।

ब्लू बस सेवा सफल भएमा आगामी दिनमा बसको संख्या थप्दै उपत्यकाका अन्य रुट तथा देशका अन्य प्रमुख शहरहरूमा समेत विस्तार गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ।

यस कार्यक्रमलाई महिला सुरक्षासँगै सार्वजनिक यातायात सुधार, समावेशी सेवा प्रवाह र नागरिकमैत्री शासनको अभ्यासका रूपमा समेत हेरिएको छ।

Page Views: 66
संबन्धित शिर्षकहरु
सुदूरपश्चिममा एक महिनामा ५ हजार बढि सवारी चालक कारबाहीमा
लागुऔषधसहित पाँच महिला पक्राउ
केहि स्थानमा भारी वर्षा हुने सतर्कता अपनाउन अनुरोध
ताजा अपडेट
  • सुदूरपश्चिममा एक महिनामा ५ हजार बढि सवारी चालक कारबाहीमा
  • लागुऔषधसहित पाँच महिला पक्राउ
  • केहि स्थानमा भारी वर्षा हुने सतर्कता अपनाउन अनुरोध
  • रुकुम गाडीको ठक्करबाट आमा–छोरीको मृत्यु
  • सुनको मूल्य ३ लाख २० हजार नजिक
  • पूर्वराजा ज्ञानेन्द्र र धवलशम्शेरबीच भेट
  • छोराको हत्याको खबरले आमा पनि वितिन
  • नेपाल सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama