Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, असार २१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

घरमै पुगेर नागरिकता प्रदान

- शुभ बिहानी / आइतबार, असार २१, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

भोजपुरमा घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । भोजपुर नगरपालिका–१ नाकामकी ममता राईलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको हाे ।

भोजपुर जिल्ला प्रशासन कार्यालयले ममताकी संरक्षकका रूपमा रहेकी हजुरआमा असक्त भएकाले जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसक्ने अवस्थालाई मध्यनजर गर्दै घरमै सेवा प्रदान गरेको हो ।

ममताको पारिवारिक अवस्था जटिल रहेको र उनका बुबा लामो समयदेखि बेपत्ता रहेका छन् भने आमा जन्मदर्ता गराएपछि सम्पर्कविहीन भएकी थिइन् । अदालतले ममताको हेरचाह तथा कानुनी संरक्षकका रूपमा हजुरआमा रत्नकुमारी राईलाई तोकेको थियो । संरक्षकका रूपमा रहेकी हजुरआमा पनि शारीरिक रूपमा अशक्त रहेकाले जिल्ला प्रशासन कार्यालयले नागरिकमैत्री सेवा प्रवाहको उदाहरण प्रस्तुत गर्दै घरमै सेवा प्रदान गरेको बताइएकाे छ ।

नागरिकता प्राप्तिका लागि आवश्यक सनाखत प्रक्रिया पूरा गर्न जिल्ला प्रशासन कार्यालयसम्म पुग्न सम्भव नभएको कारण प्रमुख जिल्ला अधिकारी राजन पौडेलसहितको टोली स्वयं ममताको घरमै पुगेर आवश्यक कागजात सङ्कलन, विवरण प्रमाणीकरण तथा सनाखत प्रक्रिया पूरा गरी नागरिकता प्रदान गरेको हाे । कानुनी प्रक्रिया पूरा गरी घरमै नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिएका छन् ।

अन्य स्थानीय तहमा भएका असक्त नागरिकलाई पनि घरमै पुगेर सेवा प्रदान गरिरहेको अधिकारी पाैडेलकाे भनाइ रहेकाे छ । स्थानीय तहले पनि यस कार्यलाई सकारात्मक रूपमा लिँदै वडाध्यक्ष जिरामणि राईले प्रमुख जिल्ला अधिकारी स्वयं घरमै पुगेर नागरिकता वितरण गरेको कार्यलाई उदाहरणीय तथा प्रशंसनीय भएको बताएका छन् ।

उनले यस्ता पहलले नागरिकमा राज्यप्रति विश्वास बढाउने भन्दै घरमै पुगेर नागरिकता वितरण गरिएको यो घटनाले राज्यको सेवाप्रवाहलाई अझ बढी पहुँचयोग्य, उत्तरदायी र नागरिकमैत्री बनाउने दिशामा महत्त्वपूर्ण सन्देश दिएको बताएका छन् । असक्त तथा सेवा लिन असमर्थ नागरिकका लागि प्रमुख जिल्ला अधिकारीले खेलेको भूमिका स्मरणयोग्य रहेको समेत उनकाे भनाइ रहेकाे छ ।

Page Views: 11
संबन्धित शिर्षकहरु
सामाजिक सञ्जालको लोकप्रियतामै रमायो सरकार, नागरिकका समस्या ओझेलमा : सभापति थापा
वर्षासँगै देशभरका मुख्य राजमार्ग प्रभावित, धेरै सडक पूर्ण तथा आंशिक रूपमा अवरुद्ध
एपीएफ स्कुलको ११ करोड काण्ड : रकम हिनामिनाभन्दा ठूलो प्रश्न– कसरी वर्षौंसम्म लुक्यो अनियमितता ?
ताजा अपडेट
  • सामाजिक सञ्जालको लोकप्रियतामै रमायो सरकार, नागरिकका समस्या ओझेलमा : सभापति थापा
  • वर्षासँगै देशभरका मुख्य राजमार्ग प्रभावित, धेरै सडक पूर्ण तथा आंशिक रूपमा अवरुद्ध
  • एपीएफ स्कुलको ११ करोड काण्ड : रकम हिनामिनाभन्दा ठूलो प्रश्न– कसरी वर्षौंसम्म लुक्यो अनियमितता ?
  • सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा रु ४०० र चाँदी रु १० ले घट्यो
  • पहिलोपटक हुम्लाको स्याँडा गाउँमा गाडी पुग्याे
  • आजकाे राशिफल कुन राशिकाे कस्ताे ?
  • घरमै पुगेर नागरिकता प्रदान

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama