हाल मुलुकभर मनसुनी वायुको प्रभाव रहेकाले देशभरकाे माैसम बदलीसँगै कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको केहि स्थानमा तथा सुदूरपश्चिमको एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशकाे अधिकांश स्थानमा बादल लाग्ने र देशका हिमाली भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यसैगरि देशका पहाडी भूभागका धेरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेकाे छ ।
मधेस, कोशी, बागमती, गण्डकी प्रदेशका तराई भूभागलगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेश तराई भूभागका केही स्थानमा चट्याङ्ग सहित मध्यमसम्म वर्षाका साथै मधेस, कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
आज राति कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बादल लाग्नुका साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै र बाँकी हिमाली भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेकाे छ । त्यसैगरि कोशी, बागमती, गण्डकी, मधेस, कोशी, बागमती र गण्डकी प्रदेशको तराई भूभागको एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।