वर्षासँगैकाे पहिराेका कारण पृथ्वी र बीपी राजमार्गमा यातायात अवरुद्ध भएका छन् । पृथ्वीराजमार्गकाे धादिङको बेनीघाट र चितवनकाे फिस्लिङ क्षेत्रमा पहिरो खसेकाले यातायात अवरुद्ध भएको हाे ।
उक्त क्षेत्रमा पहिरो खसेर दुवैतर्फको यातायात अवरुद्ध भएको धादिङ प्रहरीले जनाएकाे छ । गएरातिको वर्षाले पृथ्वी राजमार्गका विभिन्न ठाउँमा साना–ठूला पहिरो खसेकाे र साना पहिरो पन्छाइए पनि बेनिघाट क्षेत्रको पहिरो पन्छाउने क्रम जारी रहेकाे छ ।
गएरातिदेखि नै यातायातका साधन सन्चालनमा रोक लगाएकाे धादिङ प्रहरीले पहिरो पन्छाइपछि सवारी साधन सन्चालन हुने जानकारी दिएको छ । त्यसैगरि पृथ्वी राजमार्गकै चितवनकाे इच्छाकामना गाउँपालिका–२, फिस्लिङमा पनि पहिरो खसेर सडकमा यातायात अबरुद्ध भएको छ ।
काभ्रेपलाञ्चाेक र सिन्धुलीकाे बीपी राजमार्गमा लेदोसहितको पहिरोका कारण यातयात बन्द गरिएकाे छ । अहिले पहिरो पन्छ्याएर यातयात आवागमन सञ्चालन गर्ने गरी काम भइरहेको छ भने उक्त दुई राजमार्ग बाहेक अन्य प्रमुख सडकहरु सञ्चालनमै रहेको प्रहरीले जनाएको छ ।