Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, साउन ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

साउने सोमबार शिवालयहरुमा दर्शनार्थीको भिड

- शुभ बिहानी / सोमबार, साउन ०४, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

आज साउन ४ गते साउन महिनाको पहिलो सोमबार पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा आज बिहानैदेखि दर्शनार्थीको भिड लागेको छ । दर्शनार्थीका लागि पशुपतिनाथकाे चारै ढोका बिहान ३ बजेदेखि नै खोलिएको थियाे ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठका अनुसार साउने झरीको समेत वास्ता नगरी भक्तजन बिहानैदेखि मन्दिरमा भिड लागेको बताइएकाे छ । पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको सहज, सुरक्षित तथा व्यवस्थित दर्शन तथा विशेष पूजा व्यवस्थापनको व्यवस्था मिलाइएको पनि श्रेष्ठले जानकारी गराएका छन् ।

यसवर्ष पदाधिकारीको नियुक्तिमा ढिलाइ र कोषमा जनशक्तिकाे कमि भएकाले आवश्यकताअनुसार काम गर्न नसकिएको बताउँदै दर्शन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउन कोषका सबै पदाधिकारी, कर्मचारीका साथै मन्दिर पहरा गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौँ महानगर प्रहरी र विभिन्न धार्मिक तथा सामाजिक संघ–संस्थाको पनि विशेष सेवा एवं सहभागिता रहने बताइएकाे छ ।

पशुपतिनाथ मन्दिरमा भक्तजनलाई सहज, सुरक्षित, मर्यादित र व्यवस्थित गर्न व्यवस्था मिलाइएको छ भने बिहान ३ बजेदेखि खुलेका मन्दिरका चार ढोका बेलुका आरतीपछि ८ बजेसम्म भक्तजनका लागि खुला गर्ने गरी तयारी भएको छ ।

विशेष पूजा बिहान साढे ८ बजेदेखि मध्याह्न १२ बजेसम्म मात्र हुने बताइएकाे छ । मन्दिर प्रवेश गर्न चार वटा लाइनको व्यवस्था गरिएको छ र बिहानैदेखि भक्तजन आए पनि लाइन भने लामो नभएको कोषले जनाएको छ । पशुपति क्षेत्रमा दर्शनार्थीका लागि प्राथमिक उपचारलगायत अत्यावश्यक सबै व्यवस्था मिलाइएको पनि काेषले जनाएकाे छ ।

आज साउनकाे पहिलाे साेमबार पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुर दरबार क्षेत्रको सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत राजधानीका ठूलासाना सबै शिव मन्दिरमा भक्तजनको लाइन लागेको छ ।

Page Views: 15
संबन्धित शिर्षकहरु
नेपाल पर्यटन बोर्डमा नवनियुक्त सदस्यलाई स्वागत, निजी क्षेत्रसँगको सहकार्य र सुशासनमा जोड
च्याउ खोज्न गएका १७ जनामध्ये तीन जना फेला
वैशाखदेखि विपद्मा परेर १६६ जनाको मृत्यु
ताजा अपडेट
  • नेपाल पर्यटन बोर्डमा नवनियुक्त सदस्यलाई स्वागत, निजी क्षेत्रसँगको सहकार्य र सुशासनमा जोड
  • च्याउ खोज्न गएका १७ जनामध्ये तीन जना फेला
  • वैशाखदेखि विपद्मा परेर १६६ जनाको मृत्यु
  • साउने सोमबार शिवालयहरुमा दर्शनार्थीको भिड
  • स्पेनले जित्याे विश्वकप २०२६ को उपाधि
  • पहिराेका कारण पृथ्वी र बीपी राजमार्ग अवरुद्ध
  • लोयर लण्डनको नेपाल ब्राण्ड दूत कथा क्रियसन्स
  • टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama