गत वैशाखदेखि हालसम्म ४ महिनाकाे अवधिमा विपद्काे घटनामा परि १६६ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त अवधिमा ३ हजार ४३५ विपद्का घटना भएका छन् ।
विपद्काे घटनामा परेर ९८८ जना घाइते भएका छन् भने ४ हजार ५३१ घर परिवार प्रभावित भएकाे प्राधिकरणले जनाएकाे छ । विपद्का घटना मध्ये सबैभन्दा बढी आगलागीका ९१४ वटा घटना भएकाे प्राधिकरणकाे भनाइ रहेकाे छ ।
त्यसैगरि सर्पदंशका ५३५, चट्याङ २२९, लेक लाग्नु ५५, जनावर आक्रमण १९०, हुरीबतास ४७८, पहिरो ४९५, बाढीका १७१ घटना घटेका छन् । यस्तै, भारी वर्षा १६६, डुङ्गा पल्टेर एक, डढेलो १९१, हिँउ पहिरो २, असिना ४ र अन्य पनि ४ रहेका छन् ।
त्यसैगरी, साउन २ गते बिहानदेखि ३ गते बिहानसम्म देशभर कुल ५८ वटा विपद्का घटना भएका छन् । विपद्मा परेर ३ जनाको ज्यान गएको छ भने १३ जना घाइते हुँदा ४५ जिल्ला प्रभावित भएकाे छ ।