Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, साउन २६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आज विपि स्मृति दिवस मनाइँदै

- शुभ बिहानी / बुधबार, साउन ०६, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

आज नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोईरालाको स्मृति दिवस मनाइँदैछ । आज मुलुकभर नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोईरालाको स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाउन लागिएकाे हाे ।

नेपाली राजनीतिमा प्रजातान्त्रिक समाजवादका नेताकाे रूपमा चिनिने कोईरालाको वि.सं. २०३९ साउन ६ गते निधन भएको थियो । कोईरालाले नेपालको राजनीतिक परिवर्तन र नेपाली साहित्यको श्रीवृद्धिमा पुर्‍याएको अतुलनीय योगदानको स्मरण गर्दै आज नेपाली काँग्रेस र यसका भ्रातृ संस्थाहरूले देशभर श्रद्धाञ्जली सभा, विचार गोष्ठी तथा अन्य रचनात्मक कार्यक्रमहरूको आयोजना गरेका छन् ।

वि.सं. २०१५ को आमनिर्वाचनमा नेपाली कांग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरेपछि कोईराला नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए। उनले आफ्नो कार्यकालमा बिर्ता उन्मूलन र ‘जमीन जोत्नेको’ भन्ने क्रान्तिकारी भूमिसुधार कार्यक्रम कार्यान्वयनमा ल्याएका थिए ।

राजनीतिसँगै नेपाली साहित्यमा पनि कोईरालाको विशिष्ट स्थान रहेको छ। उनका ‘दोषी चश्मा’ (कथा सङ्ग्रह), ‘तीन घुम्ती’, ‘नरेन्द्र दाइ’, ‘सुम्निमा’, ‘मोदीआइन’ र ‘हिटलर र यहुदी’ जस्ता चर्चित उपन्यासहरू प्रकाशित छन्। नेपाली साहित्यमा उनलाई ‘मनोवैज्ञानिक यथार्थवादी’ धाराका प्रवर्तक मानिन्छ ।

नेपालमा प्रजातन्त्र स्थापनाका लागि लामो सङ्घर्ष गरेका कोईरालाको स्मृतिमा ‘वीपी स्मृति दिवस’ मनाइन्छ । उनको मेलमिलापको नीति र वैचारिक दृष्टिकोण आजको राजनीतिमा पनि उत्तिकै सान्दर्भिक मानिन्छ ।

Page Views: 64
संबन्धित शिर्षकहरु
सुनको मूल्य बढेर ३ लाख ७ हजार ९ सय पुग्याे
पहिरोले विद्युतगृह पुरिँदा एक जना बेपत्ता
जाजरकोटमा भूकम्पकाे धक्का
ताजा अपडेट
  • जनकपुरको मौलिक भान्सादेखि अमेरिकासम्म : ‘टेस्ट अफ मिथिला’लाई विश्वमाझ चिनाउँदै शेफ महेश शाह
  • सुनको मूल्य बढेर ३ लाख ७ हजार ९ सय पुग्याे
  • पहिरोले विद्युतगृह पुरिँदा एक जना बेपत्ता
  • जाजरकोटमा भूकम्पकाे धक्का
  • विद्युतीय सवारीका पार्टपुर्जामा भन्सार छुट दिन माग
  • ब्रोड पिकमा निधन भएका तीन नेपालीको शव ल्याइँदै
  • अण्डाको माग बढेसँगै मूल्य पनि बढ्याे
  • प्रतिनिधिसभाको बैठक बस्दै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama